२०८० माघ २५, बिहीबार

कृष्ण खनाल

चितवन। एकै वर्षमा १५ हजार ८ सय २३ जना चितवनका नागरिकले वैदेशिक राेजगारीका लागि श्रम स्वीकृति लिएकाे तथ्य जब सार्वजनिक भयाे तब यसले चितवनकाे समग्र अर्थतन्त्रमा पार्ने प्रभावकाे चर्चा त हुनु स्वभाविकै हाे । तर यसले व्यक्तिको घरपरिवार र समाज भित्र कस्ता  प्रभाव पार्लान् भन्ने चासाे भने समाजकाे सुदुर भविष्यसम्म जाेडिने विषय हाे ।

बागमती प्रदेश भरीमै चितवन राेजगारीका लागि विदेशीनेमा पहिलाे जिल्लामा पर्दछ । श्रम स्वीकृति नलिई विदेशीनेकाे सँख्या उच्च छ भनेर स्वयं वैदेशिक राेजगार एवं आप्रबासनका चितवन सँयाेजक सुर्यप्रसाद पाैडेलकाे भनाई पछि प्रष्ट हुन्छ ‘ चितवनबाट एकै बर्षमा ५० हजार भन्दा बढी श्रमगर्न विदेशीएका छन् । पाैडेलका अनुसार भरतपुर महानगरपालिकाका मात्रै ३४ हजार ५ सय घरधुरीका कुनै न कुनै व्यक्ति वैदेशिक राेजगारीमा छन् ।

आर्थिक बर्ष २०७९/८० मा वैधानिक बाटाेबाट श्रम स्वीकृति लिदै राेजगारीका लागि नेपाल बाहिरिनेकाे सँख्या ७ लाख ७१ हजार ३२७ रहेकाे श्रम तथा ,राेजगार विभागकाे तथ्यांक छ । याे भन्दा धेरै मानिस विना श्रमस्वीकृति कै बाटाेबाट बाहिरीएका छन् ।

 

श्रम स्वीकृति लिनेमा वर्ष मै भरतपुर महानगरपालिका का ६ हजार ५६१ छन् भने रत्ननगर नगरपालिका बाट १ हजार ४७१ र माडी नगरपालिकाबाट २ हजार १२७ जनाले श्रम स्वीकृति लिएका छन् । यसैगरी खैरहनी नगरपालिकाका १ हजार ६०८ जना , राप्ती नगरपालिकाबाट १ सय २९१ जनाले श्रम स्वीकृति लिएका छन् । इच्छाकामना गाउँपालिकाबाट भने १ हजार ८ जनाले विदेशमा गै श्रमगर्न स्वीकृति लिएका छन् ।

विदेश जानु पैसा कमाएर आफ्नो पारिवारिक सँवृद्धिमा उन्नति हुनु सकरात्मक हाे । पैसाकाे आर्जन भएपछि घर परिवनरमा आर्थिक अभाव टर्नु र बच्चाबच्चीले भनेजसरी घर व्यवहार र अध्ययन र लालनपालनमा खर्चगर्न सहज हुनु बैदेशीक राेजगारीका सकरात्मकता हाेलान् तर त्याे भन्दा कैयौं गुना हानिकारक र दर्दनाक कथा र व्यथा लुकेकाे परिघटनाकाे समाजशास्त्रीय अध्ययन हुन जरुरी छ ।

कैयन आमाहरु काखे बच्चा जिम्मालगाएर विदेशीनुमा रहर भित्रका बाध्यताकाे कथा कम काहलीलाग्दाे छैन । घरपरिवारमा खर्चकाे जाेहाे गर्नकै लागि ऋण खाेजेर विदेशीएका कैयन चेलीहरुकाे घरमा बच्चाकाे विजाेग त भएकै छ,उसले पाउनुपर्ने पारिवारिक मायाँ नपाईरहेकाे हजारौं घटना छरपस्टीएका छन् ।

भरतपुरकी सर्मिलाले गए हप्ता उड्नुअघि भनिन्’ लाेग्नेकाे सहारा नपाए पछि ३ वर्षे छाेरी परिवारकाे जिम्मा लगाएर हिड्नुपर्याे ।’ भरतपुर कै बिमलाले भनिन् ‘ याे घरवार हुनुभन्दा पहिल्यै पनि विदेश गएकाे हूँ सानू छाेरा छाेडेर , कति हन्डर खाईयाे । फेरि नगै सुखैपाईएन। ३ बर्षकी छाेरी छाेडेर जादैछु ।’ ‘लाेग्नेकाे भिसा भन्दा स्वास्नेकाे छिटाे लाग्दाेर‌ैछ ,स्वास्नीलाई पठायाे ‘_ सासू शान्तिमायाँले भनिन् ।

गाेरखा घर भै हाल भरतपुर मै लालाबाला थन्काएर विदेश हानिएकी कल्पना न नेपाल हुँदा शुख थियाे न विदेशमा भन्छिन् । पैसा न पठाउँ खानै पाईन भन्छन् , पठाउँ मातेर राेडराेडै पसारिन्छन् रे , फाेन मै दुखेसो पाेखिन् । छाेरीले घरमा पढ्ने बाताबरण नै नपाएर हाेस्टेल छन् रे ।

रत्ननगरकी श्रृजनालाई ‘विदेशबाट पैसा पठाउँदा मात्रै छाेराछाेरीलाई आमाबुबाकाे महत्व हुँदाेरहेछ , घर फर्केपछि थाहापाएँ मायाँ छुट्दा खती कतिहुँदाे रहेछ ‘ । पैसा खाेज्दा जिन्दगीका धेरैथाेक गुमेकाे उनलाई अहिले झलझली सम्झना छ रे ।

मेघाैलीबाट’ विदेशबाट आएका तपाईंका छाेरा लिन काठमाडौं जान्छु , आईज भन्नुभाछ ‘ सासुलाई अर्थाउँदै हानिएकी सविनाकाे लाेग्नेले घर आएपछि मात्रै थाहापाए आफुले पठाएकाे पैसा सहित श्रीमती नै हराएकाे । पदमपुरमा सडेकाे अवस्थामा भेटिएकाे श्रीमतीकाे कथा विदेश बसेका सविन भट्टराई भन्छन् ‘ मेरै नाम जाेडिएर गरेकाे खर्च भन्दा बाहेककाे ऋण म कसरी तिराैाँ ।

यी समाजका व्यथा भित्रका प्रतिनिधि पात्र हुन् । विकृति हिजोका दिनमा पनि थिए । अहिले अझ बढेकाे भने पक्कै हाे । प्रविधि भित्रकाे नकारात्मक प्रयाेगले समाजलाई नाेक्सान मात्रै पुर्याएकाे छैन युवामा ‘ स्वदेशमा केही नगर्ने र विदेश गएपछि हाईसञ्चाे ‘ भन्ने मानसिकता नै विदेशीने चापका कारण मध्येको एक हाे ।

सरकार युवालाई स्वदेशमै राेजगारी सृजना गराउदै विदेश पलायन राेक्ने गफ्फा चुटेपनि नयाँ नयाँ गन्तव्य खाेज्ने सरकारकाे चालबाजबाट प्रष्ट हुन्छ, सरकार जनतालाई विदेश धकलेर रिमेट्यान्स पठाउन् र देश चलाेस् भन्नेमा दत्तचित्त छ ।

वैदेशिक राेजगारीका क्रममा ज्यान गुमाउनेकाे सँख्या पनि दिनानुदिन बढ्दाे छ । गएकाे वर्षमा मात्रै १ सय ६३ श्रमिकको राेजगरी कै बेला ज्यान गएकाे तथ्यांक छ ।

जिल्ला प्रशासन कार्यालय चितवनमा मात्रै चालू आर्थिक वर्षमा १ सय ३६ वटा ठगी सम्बन्धि मुद्दा परेबाट पनि प्रष्टै छ ठगीकाे धन्दा पनि कमछैन विदेश जाने पठाउने धन्दामा । ६० प्रतिशत मुद्दा त दलालले पैसा खाईदियाे भन्नेबाट पनि पुष्टिहुन्छ ठगीने र ठग्नेकाे खेलाे ठुदैहुन्छ विदेश जाने र पठाउनेमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
0
+1
0