२०८० माघ १५, साेमबार

चितवन । ” भरतपुर ब्राण्ड” स्थापित गर्नु भरतपुर भ्रमण वर्ष – २०२४ काे मुख्य उद्देश्य रहेकाे भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले बताउनुभयो । साेमबार हाेटल व्यवसायीसँग छलफलका क्रममा प्रमुख रेणु दाहालले भरतपुरलाई पर्यटकीय गन्तव्यका रुपमा अन्तर्राष्ट्रिय रुपमै स्थापित गर्न भ्रमण वर्षकाे आयाेजना गरिएको प्रष्ट पार्नुभयाे ।

“यसैपनि पर्यटकहरु भरतपुर घुम्न आइरहनु भएकाे छ , एप,ब्रुसर,स्टिकर ,बुकलेट भिडियाे तथा नक्सा जस्ता प्रचार सामाग्रीकाे माध्यमले भरतपुरलाई अन्तर्राष्ट्रिय रुपमै चिनाउन र भरतपुर प्रति आकर्षित गर्न भ्रमण वर्षले महत्त्वपूर्ण याेगदान गर्ने छ ” भन्दै प्रमुख दाहालले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्ति तथा सँघ सँस्थालाई निम्तो बाँड्ने काम भैरहेकाे समेत बताउनुभयो । भरतपुर भ्रमण वर्षले सिङ्गो चितवन सहित भरतपुरबासीहरुले विभित्र किसिमबाट लाभ लिनेहुनाले भ्रमण वर्ष सफल पार्न सबैले साथ र सहयाेग गर्नुपर्नेमा मेयर दाहालले जाेड दिनुभयाे ।

भ्रमण वर्षको अवधिमा भरतपुरमा धेरै वटा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कार्यक्रमहरु आयोजना हुदाँ ठुलो संख्यामा पर्यटक यहाँ आउने भएकाले पहुनालाई उत्कृष्ट सत्कार गर्न होटल व्यवसायीको भूमिका महत्वपूर्ण हुने प्रमुख दाहालले बताउनुभयो । भ्रमण वर्षको एक वर्षको अवधिमा यहाँ आउने पाहुनालाई विषेश छुटसहितको प्याकेज घोषणा गर्न प्रमुख दाहालले अनुरोध गर्नुभयो । यसको निर्यक्यौल छिटो दिएको खण्डमा अहिलेबाटै प्रचारप्रसार गर्न सजिलो हुने धाराणा राख्नुभयो ।

सबैको सहयोगबाट मात्रै भ्रमण वर्ष सफल हुने भन्दै प्रमुख दाहालले भरतपुरले भ्रमण वर्ष आयोजना गरेको भएपनि सम्पूर्ण निजी क्षेत्रका व्यवसायी, चितवनवासी, जिल्लाका सम्पूर्ण पालिकाको रहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा होटल व्यवसायीहरुले भ्रमण वर्षको अवसरमा विषेश प्याकेज ल्याउन सकारात्मक रहेको बताए । उनीहरुले अहिले १५ प्रतिशत छुटको व्यवस्था रहेको भएपनि भ्रमण वर्षलाई लक्षित गरी विषेश अफर ल्याउने उल्लेख गरे । भरतपुर भ्रमण वर्षमा धेरै भन्दा धेरै पर्यटक भरतपुर ल्याउन नेपालका ट्राभल ऐजेन्सीसँग अबको केही दिनमै छलफल गर्ने महानगरपालिकाको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0