२०८० माघ १५,साेमबार
आज नेपाल नर्सिङ दिवस । दाेश्राे विश्वयुद्धका क्रममा घाइते सैनिक तथा बिरामीहरुका लागि फाेलाेरेन्स नाइटिङ्गेल्सले टुकी बालेर उपचार तथा सेवा गरेकाे मानवीय कार्यकाे स्मरण गरिने गाैरवशाली दिन । गएका वर्षमा विश्वभर फैलिएको काेविड-१९ काे त्रासदीपूर्ण अवस्थामा सँसारभरका नर्सिङकर्मीले पुर्याएकाे अतुलनीय सेवा र कर्म समेत सम्झने दिन पनि ।
नर्स हुनुकाे नाताले सँसारभरका जिवित नर्सहरुकाे तर्फबाट कर्तव्यकाे दाैरानमा आफ्नाे ज्यान गुमाउनुहुने विश्वभरका स्वर्गीय नर्सहरु प्रति स- सम्मान भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं । कठिन घडीमा पेशाकाे माध्यमबाट विश्वजगतमा पुर्याएकाे याेगदान प्रति विश्वकाे ध्यानाकर्षण हाेस् भन्न चाहन्छाैँ ।
सेता ड्रेसमा सजिएर मानवीय सेवामा समर्पित नर्सहरुकाे देखिने वाह्य चमककाे तुलनामा जिन्दगीका भित्री कथा चहकीलना भने छैनन् ।
नर्सिङ पेशा सैद्धान्तिक मात्रै नभएर व्यवहारिक ज्ञान र शीपबाट पाेख्त हुनुपर्ने पेशा हाे । बिरामीकाे राेग निकाेपार्न मात्र नभएर राेग लाग्नबाट बचाउने कर्ममा समेत नर्सहरु सँलग्न हुन्छन् ।
दुनियाँलाई भराेसाकाे जग – ‘नर्स ‘ स्वयंकाे पीडा भने कम छैन । कार्य क्षेत्रमा रहदाका समयमा हाेस् या पारिवारिक जिन्दगी । नर्सले भाेग्नु परिरहेको शारीरिक तथा मानसिक प्रताडना समेत कम छैन । जिन्दगीको आधा समय श्रम र पैसा खन्याएर लिएकाे याेग्यता र शीपकाे बेमाेल प्रयाेग र उपयाेग गर्ने बाताबरणमा भने केही बदलाव आएपनि स्वदेशमा प्राप्त गर्नुपर्ने आत्मा सम्मानमा ठेसलाग्नु का साथै नयाँ माैकाकाे खाेजीका कारण दिनानुदिन नर्स पेशाकर्मी देश छाेड्दैछन् । यता जनशक्ति उत्पादनमा राेक लगाउने र उता नागरिक बेचिएकोमा गर्व गर्ने नीति प्रति भने मन अमिलिनु स्भाविकै हाे ।
सेताे ड्रेसमा सजिएर मानव स्वस्थ सेवामा सरिक नर्सहरु शारीरिक, मानसिक र आर्थिक रुपमा सेता र चहिकाला नहुदासम्म उसले दिने पेशागत सेवामा चम्काई नआउने सत्यता प्रति भने सराेकारवालाहरु बेखवर हुनु पेशाप्रतिकाे अपमान र व्यवस्थापकीय धुर्याईँ हाे । यसप्रति राज्य सहित सराेकार पक्ष सँवेदनसील नहुने हाे भने हरेक व्यकले आफू र आफ्नाे शुरक्षित भविष्यकाे खाेजीगर्ने क्रममा घर, समाज र राष्ट्रबाट नै विकल्पकाे बाटाे तय गर्नुपर्ने अवस्था श्रृजना हुनगएमा छाेडि जानेलाई भन्दा बसिखानलाई समस्या हुनेमा दुईमत छैन ।
नेपाल नर्सिङ दिवसको अवसरमा सराेकारवाला सबैमा हार्दिक शुभकामना ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?