२०८० माघ १७, मङ्लबार आज मङ्लबारदेखि देशभरका सरकारी कार्यालयहरु बेलुका ५ बजेसम्म खुल्ने भएका छन् ।

 

माघ १६ गतेबाट सरकारी कार्यालयहरु अपरान्ह ५ बजेसम्म खुल्ने निर्णय भने सरकारले गएकाे २०७९ सालकाे चैत्र २७ गते नै गरि राजपत्रमा सूचना प्रकाशित गरिसकेको थियाे ।

निर्णय अनुसार सरकारी कार्यालयहरु वैशाख १ गते देखि कार्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत्र मसान्तसम्म सम्म अपरान्ह ५ बजेसम्म खुल्ने छ भने कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय अपरान्ह ४ बजेसम्म खुल्ने छ ।

शुक्रबारका दिन बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म कार्यालय खुल्ने छ भने खाजा खाने समय दिउँसाे १:३० देखि २ सम्म ताेकिएकाे गृहमन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0