२०८० माघ १४, आइतबार
कुनै जमाना थियाे भन्नेहरुकाे ‘ छाेरी बिग्रे – नर्स , छाेराे बिग्रे कमर्श ‘ ।
जमाना फेरिएको छ । अब नभनी सुख्खै छैन ‘ पढ्ने भए नर्स, गर्ने भए कमर्श ।’
अझ जब विश्व काेराेनाले आक्रान्त पार्याे तब विश्वभरका मान्छे बाच्ने सहारा केवल ‘ नर्स ‘ नै भरपर्दाे साथी भएर उभियाे तब नर्सकाे महिमाकाे चर्चा मात्र नभै नर्सिङ सेवाका माध्यमले विश्वजगतमा पुर्याएकाे कर्तव्य प्रति सारा विश्व नै चकित पर्याे ।आफ्नाे जिन्दगीको प्रवाह भन्दा पेसा प्रतिकाे निष्ठा,ईमान र कर्तव्यमा रत्तिभर नडग्मगाई निरन्तर मानव सेवामा लागेकाे दृष्टान्तले झन् हामीलाई ‘ नर्स’ भन्दा हाम्रा छाती गर्वले चाैडिएकाे महशुस हुन्छ ।
नर्स हुनुकाे नाताले सँसारभरका जिवित नर्सहरुकाे तर्फबाट कर्तव्यकाे दाैरानमा आफ्नाे ज्यान गुमाउनुहुने विश्वभरका स्वर्गीय नर्सहरु प्रति स- सम्मान भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं । कठिन घडीमा पेशाकाे माध्यमबाट विश्वजगतमा पुर्याएकाे याेगदान प्रति विश्वकाे ध्यानाकर्षण हाेस् भन्न चाहन्छाैँ ।
चिकित्सकीय कर्मका अवधिभर विरामी र उनका आफन्तसँग निरन्तर सेवा र सम्वादमा हाजिर भैरहदा विरामी उनी , उनका आफन्त र परिवारकाे विषयमा जति नर्सहरु विज्ञ हुन्छन् सायद उनैका परिवार समेतले त्याे मर्मबाेध गर्नसकिरहेका हुँदैनन् जति , हामीले गर्दछौं , किनभने हामी ‘ नर्स ‘ हाैँ ।
युद्धभूमिमा छटपटाईरहेका घाइतेहरुकाे उपचारका लागि टुकी बालेर अहाेरात्र खटिनुभएकी पेशाकी जन्मदाता फ्लाेरेन्स नाईटेङ्गल्स प्रति हाम्राे उत्तिकै सम्मान छ जति हामी हाम्राे पेशा प्रति गाैरव गरिरेका छाैँ , किनभने हामी ‘ नर्स ‘ हाैँ ।
युद्दका बेला फैलिएको महामारीलाई व्यवस्थापन र उपचार गर्दै नियन्त्रणमा ल्याउन जसरी नाईटेल्सकाे याेगदान रह्यो त्यसै हाराहारीमा काेविड =१९ ले विश्व त्राईमाम् भएका बेला सँसारै चकितपार्ने गरि नर्सिङकर्मीहरुले सेवाभावले याेगदान गरे ।
हामी नर्स मात्रै नभएर पारिवारिक सदस्य पनि हाैँ । जसरी हामीले कर्मक्षेत्रमा याेगदान पुर्याएका छाैँ , त्यतिनै घर व्यबहारमा समेत । घर ,परिवार , बालबच्चा देखि समग्र सामाजिक परिवेशमा समेत सँलग्नहुन निश्चय नै गर्वकाे कुरा हाे । आफ्न निजी जिन्दगीमा कसले कति सहयाेग गर्दा हाम्राे व्यक्तिगत र पेशागत सहजिकरण हुनसक्छ भन्ने विषयले भने अझै चर्चा पाउन सकेकाे छैन ।
आमा भएकै कारणले आफ्नाे स्तनपान समेत गराउनुपर्ने कर्तव्यबाेध हुँदाहुँदै पनि जाडो ,गर्मी ,घरपरिवार , चाडपर्व तथा आफ्ना निजी जिन्दगी र अवसरलाई थाति राखेर कृतिम दूध र आहारकाे भरमा नाबालक सन्तानलाई छाेडेर पेशाम हाजिर हुनु आफैँमा कठिन विषय भएर पनि यसकाे कतै सकरात्मक चर्चा नहुनु दु:खकाे विषय हाे ।
नर्सिङ पेशा सैद्धान्तिक मात्रै नभएर व्यवहारिक ज्ञान र शीपबाट पाेख्त हुनुपर्ने पेशा हाे । बिरामीकाे राेग निकाेपार्न मात्र नभएर राेग लाग्नबाट बचाउने कर्ममा समेत नर्सहरु सँलग्न हुन्छन् ।
दुनियाँलाई भराेसाकाे जग – ‘नर्स ‘ स्वयंकाे पीडा भने कम छैन । कार्य क्षेत्रमा रहदाका समयमा हाेस् या पारिवारिक जिन्दगी । नर्सले भाेग्नु परिरहेको शारीरिक तथा मानसिक प्रताडना समेत कम छैन । जिन्दगीको आधा समय श्रम र पैसा खन्याएर लिएकाे याेग्यता र शीपकाे बेमाेल प्रयाेग र उपयाेग गर्ने बाताबरणमा भने केही बदलाव आएपनि स्वदेशमा प्राप्त गर्नुपर्ने आत्मा सम्मानमा ठेसलाग्नु का साथै नयाँ माैकाकाे खाेजीका कारण दिनानुदिन नर्स पेशाकर्मी देश छाेड्दैछन् । यता जनशक्ति उत्पादनमा राेक लगाउने र उता नागरिक बेचिएकोमा गर्व गर्ने नीति प्रति भने मन अमिलिनु स्भाविकै हाे ।
सेताे ड्रेसमा सजिएर मानव स्वस्थ सेवामा सरिक नर्सहरु शारीरिक, मानसिक र आर्थिक रुपमा सेता र चहिकाला नहुदासम्म उसले दिने पेशागत सेवामा चम्काई नआउने सत्यता प्रति भने सराेकारवालाहरु बेखवर हुनु पेशाप्रतिकाे अपमान र व्यवस्थापकीय धुर्याईँ हाे । यसप्रति राज्य सहित सराेकार पक्ष सँवेदनसील नहुने हाे भने हरेक व्यकले आफू र आफ्नाे शुरक्षित भविष्यकाे खाेजीगर्ने क्रममा घर, समाज र राष्ट्रबाट नै विकल्पकाे बाटाे तय गर्नुपर्ने अवस्था श्रृजना हुनगएमा छाेडि जानेलाई भन्दा बसिखानलाई समस्या हुनेमा दुईमत छैन ।
सँसारका जुनसुकै कुना हाम्रालाई उपलब्ध हाेस् – हामी कर्तव्यबाट बिचलित हुनेछैनाैँ किन भने हामी ‘ नर्स ‘ हाैँ ।
( नर्सिङ प्रमुख तथा प्राध्यापन पेशामा कार्यरत लेखक खतिवडा नर्सिङ तथा पप्लिक हेल्थमा स्नातकोत्तर हुनुहुन्छ ।)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?