२०८० माघ १४, आइतबार

नियम विपरीत कामगर्ने विभिन्न बैँकहरुलाई नेपाल राष्ट्र बैंकले कार्वाही गरेकाे छ । कार्वाहीमा पर्नेहरुमा एक्सेल डेभलपमेन्ट बैंक, गरिमा बैँक,कर्णाली डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंक रहेका छन् । यसैगरि प्रभु बैंक ,हिमालयन बैँक समेत राष्ट्र बैँककाे कार्वाहीमा परेका छन् । उनीहरुलाई नियमक निकाय राष्ट्र बैँकले मासिक व्याजदर अन्तरमा ताेकिएकाे सिमा नाघेको ,नियमावली र निर्देशनकाे उल्लङ्घन गरेकाे र कर्जा र निक्षेपकाे अनुपात ताेकिएकाे सिमा नाघेकाले कार्वाही गर्नुपरेकाे राष्ट्र बैँकले जनाएको छ। यी मध्य केही बैँकहरु पटकपटक कार्वाहीमा परिसकेका छन् ।

राष्ट्र बैंकका अनुसार एक्सेल डेभलपमेन्ट बैँक लि. सञ्चालक समिति सँस्थाले रियल स्टेट र शेयर कर्जा स्वीकृत गर्नुपूर्व नैऋणी कम्पनीले उल्लेख गरेकाे कर्जाहरुकाे प्रयाेजन नगरेकाे र कर्जा तिर्न ऋण रकमकाे प्रयोग भएकाे जस्ताे गम्भीर कैफियत भेटिएको छ भने कर्णाली डेभलपमेन्ट बैँक लि.का तत्कालीन प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार रावतले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनकाे उलङ्गघन गरी सर्वसाधारणको हित विपरीत कार्यगरेकाेले कार्वाहीमा परेकाे जनाएको छ।

गरिमा विकास बैँक भने कालिका लघु वित्तीय सँस्थाकाे पूर्व अध्यक्षले सँस्थाकाे अध्यक्षबाट राजिनामा गरेकाे एकवर्ष पूरा नहुँदै निजकाे नाममा रहेकाे कर्जा नियमित गर्न शेयर धिताे कर्जा दिएकाे पाईएकाेले कार्वाहीमा परेकाे हाे । प्रभु बैंकलाई कर्जा सापटकाे वर्गीकरण नगरेकाे तथा कर्जा नाेक्सानी बापत कायम गर्नुपर्ने व्यवस्था कायम नगर्नुकाे साथै कर्जाको जाेखिमभार कम प्रदान गरि गलत रिपोर्टिङ गरेकाे पाईएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0