२०८० माघ १४, आइतबार

चितवन। साैराहामा दक्षिण एशियाली चलचित्र महाेत्सव हुने भएकाे छ । चित्रसारी खेल मैदानमा हुने साे महाेत्सवकाे आयाेजक भने क्याराभान नेपाल रहेकाे छ ।महाेत्सव यहि माघ १८ गतेबाट शुरुहुने छ । नेपाली चलचित्रकाे प्रवर्द्धन र विकासका लागि महाेत्सव हुनलागेकाे आयाेजकले जनाएको छ ।

रत्ननगरमा शनिबार आयाेजित पत्रकार सम्मेलनमा आयाेजक क्याराभानका अध्यक्ष तथा चलचित्र निर्देशक विमल पाैडेलले महाेत्सवले समृद्धिको पूर्वाधार, पर्यटनको आधार भन्ने मुल नाराका साथ नेपाली चलचित्र र चलचित्रको माध्यमबाट चितवन सहित नेपालको पर्यटन विकासको लागि अन्तरष्ट्रियस्तरको चलचित्र महोत्सव आयोजना गरिएको बताए।महोत्सवमा चलचित्र, पर्यटन तथा स्थानीय परम्परागत खानाका गरी १०० बढी स्टलहरु रहने जनाइएको छ । महोत्सवको ५० हजार दर्शकले अवलोकन गर्ने र एक करोड ५० लाखको कारोबार हुने अनुमान र अपेक्षा गरिएको छ ।

पाँच दिनसम्म चल्ने महोत्सवमा चलचित्र र पर्यटनको विकासको लागि राज्य र निजी स्तरबाट गर्नुपर्ने पहलका बारेमा सुक्ष्मरुपमा छलफल र बहस गरी नीतिगत सुधारको लागि सरकारको ध्यानर्कषण गराइने पौडेलको भनाइ छ । रत्ननगर नगरपालिकाको मुख्य सहयोगमा सञ्चालन हुने सो महोत्सवमा ८ राष्ट्रका चलचित्रकर्मीहरुको उपस्थिति तथा दक्षिण एशियाली क्षेत्रका नविनतम कला सिर्जनालाई अवसर प्रदान गर्ने, सांस्कृतिक आदान प्रदानलाई बढावा दिने र दक्षिण एशियाली कथाकथनको समृद्धिको उत्सवका रुपमा कथानक चलचित्र, वृतचित्र, लघुचलचित्र बीच प्रतिस्पर्धा गराइने छ ।

महोत्सवमा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशन र उत्कृष्ट लेखन विधामा तीन वटा चलचित्रलाई अवार्ड प्रदान गरिने छ । राष्ट्रिय तथा अन्तराष्ट्रियका ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहन सो महोत्सवको अन्य सहयोगी संस्थाको रुपम चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिकम, बागमती प्रदेश, पर्यटन मन्त्रालय, भरतपुर महानगरपालिका, माडी नगरपालिका, खैरहनी नगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, इच्छाकामना गाँउपालिका, गैंडाकोट नगरपालिका, देवघाट गाँउपालिका, हेटौडा उपमानहनगरपालिका छन् ।

महोत्सवमा नेपाली चलचित्र, वृत्तचित्र तथा सर्ट फिल्म अवार्ड वितरण, सार्कस्तरका चलचित्रहरुको प्रर्दशन, चलचित्रकर्मीहरुको जीवनीसम्बन्धी साक्षात्कार, नेपाली चलचित्रको अन्तराष्ट्रिय बजार र पर्यटन विकास सम्बन्धी अन्तर्क्रिरया, कलाकार र राजनीतिक दलका प्रतिनिधि, पूर्वीचितवन र पश्चिम चितवनका खेलाडी बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिने चलचित्र निर्माता संघका सचिव तथा महोत्सव मुल समारोह समितिका निर्देशक किसान पोखरेलले जानकारी दिए ।

महोत्सव मुल समारोह समितिका सहसंयोजक तथा सौराहाका व्यवसायी गोकर्ण गिरीले सौराहामा हुने अन्तराष्ट्रियस्तरको फिल्म फेस्टिबलले सुस्ताएको पर्यटनलाई चलायमान बनाउने बताए । महोत्सवको सांस्कृतिक कार्यक्रमअन्तर्गत राष्ट्रिय स्तरका कलाकारहरु राजु परियार, जीवन शर्मा, शान्ति श्री परियार, शिला आले, पशुपति शर्मा, हिमाल सागर, टीका प्रसाई, सरोज विरही, ज्योती मगर, कृष्ण कँडेल, शम्भुजित बास्कोटा, एलिना चौहान, रचना रिमाल, भाइवर साइमन, कुल व्वाई, साथै स्थानीय कलाकार तथा व्याण्डकको प्रस्तुती रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0