२०८० माघ १३, शनिबार
भरतपुर स्थित विपि काेइराला मेमोरियल क्यान्सर अस्पतालले सार्वजनिक सुनुवाइ गरेकाे छ ।
अस्पतालकाे सभाहलमा शुक्रबार सम्पन साे सुनुवाइ अस्पतालकाे जिवनकाे भने दाेश्राे सुनुवाइ हाे ।
वि.सँ. २०४८ सालमा चीनसँग सँझाैता भै २०५७ देखि अस्पतालकाे सेवा सञ्चालन भएकाे हाे । अस्पताल चिनिया सरकारकाे सहयाेगमा बनेकाे हाे भने हालसम्म पनि चीनकाे निरन्तर सहयाेग रहदै आएकाे छ । गत भदाै १२ गतेबाट अस्पतालकाे कार्यकारी निर्देशक नियुक्त रहनुभएका डा .
शिवजी पाैडेल र अस्पताललाई सार्वजनिक सुनुवाइ गर्न भने भ्रष्टाचार विरुद्ध अभियान चितवनले सहजिकरण र समन्वय गरेकाे हाे ।
०६७ पछि भएकाे सार्वजनिक सुनुवाइमा उपस्थित सेवाग्राही तथा सराेकारवालाले भने अस्पतालले अपेक्षाकृत सेवा प्रवाह गर्न नसकेकाे गुनासो पाेखेका थिए ।
भ्रष्टाचार विरुद्ध अभियानका अनुसार – १०० बिरामीमा, १०० जनाले नै सेवालिन लामाे समय लाईनमा कुर्नुपरेकाे गुनासाे
पाेखेकाे पाईएकाे छ । अभियानले तयार पारेकाे प्रतिवेदन अनुसार ८० प्रतिशत सेवाग्राहीले अस्पतालका डाक्टर , नर्स र कर्मचारीले प्रस्तुत गर्ने व्यबहारबाट सन्तुष्ट छैनन् भने ७० प्रतिशत विरामीले अस्पतालले उपलब्ध गराईरहेकाे सेवा प्रति नै असन्तुष्टि जनाएका छन् । धेरै बिरामीलाई अस्पतालले उपलब्ध गराउने नि: शुल्क अैाषधि कै बारेमा जानकार छैनन् । सार्वजनिक सुनुवाइका क्रममा अस्पतालका कर्मचारीका लागि बनाईएकाे आवासीय भवनमा अनाधिकृत व्यक्तिहरु रहेकाे विषय देखि अस्पतालकाे फार्मेसीमा अैषधि नभएपछि बाहिरका अैषधी पसलमा महँगोमा खरिदबिक्री भैरहेकाे विषय महत्त्वका साथ उठेकाे थियाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1