२०८० माघ १० – बुधबार
कृष्ण खनाल
काठमाडौं । बहुउपयाेगी परियाेजनाकाे व्यापक चर्चा कमाएकाे बुढीगण्डकी परियाेजनाकाे काम शुरु नभएकाेमा प्रधानमन्त्री पुष्पकमल दाहाल नै छक्कमा परेका छन् ।
मँगलबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री नारायणकाजी श्रेष्ठ ,अर्थमन्त्री प्रकाशशरण महत तथा उर्जामन्त्री शक्तिबहादुर बस्नेत लगाएतकाे उपस्थितिमा प्रधानमन्त्री दाहालले साे आयाेजना अघिनबढेकाेमा जिग्यासा राख्दै काम अघिबढाउन निर्देशन समेत दिएका छन् ।
बुढीगण्डकी परियाेजना दीर्घकालीन महत्त्वकाे जलाशययुक्त परियाेजना हाे भने सरकारले १० वर्ष भित्रमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने सम्झौता गरिसकेकाे परिप्रेक्ष्यमा समयमै यस्ता आयाेजना सम्पन्नहुनु जरुरी हुन्छ ।
बुढीगण्डकी आयाेजनाका कारण हजारौं घरपरिवारले आफ्नाे पुर्खाैली थातथलाे राज्यलाई सुम्पिईसकेका छन् भने अझै कैयाैँ घरजग्गा राज्यद्वारा राेक्का गरिएको छ । ४० अर्ब रुपैयाँ भन्दाबढी मुआब्वा बाँडिसकेकाे छ भने आयाेजनाका काम थलनीगर्ने भन्दै केही समय अघि प्रधानमन्त्री दाहाल स्वयंले गाेरखाकाे सिउरेनीटारमा फिल्ड अफिसकाे उद्घाटन समेत गरिसकेका छन् ।
यति हुँदापनि काम अघि नबढेकाेमा प्रधानमन्त्री दाहाल आफैँ छक्कपरेकाे र अन्याेलता रहेकाेमा चिन्ता जाहेर गरेका छन् ।
आयाेजना कै लागि भनेर सरकारले २०७३ साल देखि नै पेट्रोल , डिजेल र हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँका दरले उठाएकाे पूर्वाधार करकाे सावाँ मात्रै १ खर्व भन्दा माथि उठिसकेकाे छ । आयाेजनाकाे कामले भने गतिलिएकाे देखिदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?