२०८० माघ १०, बुधबार

प्रकाशवावु खनाल

चितवन। चितवन क्षेत्र नम्बर १’क’ बाट निर्वाचित सांसद जगन्नाथ थपलियाले पूर्वी चितवनमा साना साना नगरपालिका भन्दा सबै नगरपालिका मिलाएर एउटा महानगरपालिका बनाउनु पर्ने बताएका छन् । पूर्वी  चितवनको खैरहनी नगरपालिकामा सञ्चालित “नवाैँ खिचरा महोत्सव”को अन्तिम दिनको समापन कार्यक्रममा थपलियाले सो कुरा व्यक्त गरेका हुन्।

विकासका दृष्टिले पनि अब पूर्वी चितवनलाई महानगरपालिका बनाएर जानु पर्ने बताउँदै समग्र पूर्वी  चितवनको विकासका लागि दलहरुले कार्यकर्ता व्यवस्थापन जस्ता कुरामा अल्झिएर बस्न नहुने समेत उनले बताएका छन् । खिचरा महोत्सवलाई चितवनको गौरवको विषय बनाउनु पर्ने भन्दै साँसद थपलियाले धेरै ठाँउमा भन्दा एक पालिकामा समग्र थारु संस्कृति अट्ने गरी एउटा सुविधा सम्पन थारु संग्राहलय बनााउदा राम्रो हुनेमा जाेड दिएका थिए । यसो गर्दा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सहज हुने भएकाेले आवस्यक बजेट व्यवस्थापनका लागि समेत आफू लागिपर्ने थपलियाले बताए। यस्ता मेला महोत्सवहरुले स्थानीय उद्योगी व्यवसायी, तथा कृषक तथा उपभोक्ताहरुलाई प्रत्यक्ष रुपमा लाभ पुग्नु पर्ने उहाँको भनाई थियो ।

पूर्वि चितवनमा संञ्चालन हुने मेला महोत्सवहरु एक आपसमा जुध्न नहुने बताउँदै थपलियाले महोत्सव जुध्ने अवस्था आएमा आगामी दिनमा खिचरा महोत्सवको अवधि ७ दिन वा ९ दिनसम्म मात्रै सञ्चालन गर्न वा नजुध्नेगरि व्यवस्थापन गर्न आयोजक तयार हुनु पर्ने समेत बताए ।

समापन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका थपलियाले राप्ति ड्याम पुनः निर्माण , मर्मत गर्न ढिलो भए २०५० को बाढीको क्षति दोहोरिन सक्ने भन्दै स्थानीय निकाय , जनप्रतिनिधि सबैको ध्यान यसप्रति केन्द्रीत हुनुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0