२०८० माघ ३, बुधबार

खैरहनी, चितवन । चितवनको खैरहनीमा सन्चालित खिचरा महाेत्सवकाे ६ अैाँ दिनकाे स्टेज प्रस्तुतिमा वरिष्ठ गाएक तथा लाेकप्रिय कलाकार सारदा महताेकाे स्वर र तालले स्टेज तताएकाे थियाे । थारुभाषामा गाईएकाे ‘ माेरे सजना ‘   गीतले दर्शक तथा श्राेताहरुलाई आकर्षण गरेकाे थियाे भने बनाउँ ‘ एउटा टिकटक बनाउँ ‘ नामकाे गित प्रस्तुतिलाई दर्शकले अति नै मन पराएकाे रत्ननगरबाट महाेत्सव हेर्ने पुगेका शिवलाल थापा बताउँछन् ।

विभिन्न विद्यालयबाट ‘ खिचराआइडल-२०८०’ का लागि प्रतिस्पर्धाका लागि स्टेट प्रस्तुतिका लागि पुगेका विद्यार्थीहरु द्वारा प्रस्तुत नृत्यले समेत ग्राहकहरुका मन तान्नुकासाथै कलाकार भाइबहिनीहरुले महाेत्सवकाे माध्यमबाट आफ्ना प्रतिभाहरु प्रस्फुटन गर्ने अवसर प्राप्त गरेकाे महाेत्सव आयाेजक कमिटि सदस्य तथा सञ्चार समन्वयकर्ता दिपेश चाैधरीले  बतउँछन् ।

माघ ८ गतेसम्ममा सञ्चालन हुने खिचरा महाेत्सवकाे माध्यमबाट थारु लगाएत विभिन्न जातीय तथा धार्मिक कला सँस्कृति र भेषभूषाकाे प्रवर्द्धन हुनु का साथै स्थानीय उत्पादन तथा उपभाेग्य सामाग्रीहरुकाे व्यापार प्रवर्द्धन मा टेवा पुगेकाे महाेत्सव आयाेजक समिति सँयाेजक रामेश्वर चाैधरी बताउँछन् ।

करिव १ सय पचास काे सङ्ख्यामा स्टल रहेकाे महाेत्सव परिसरमा राखिएको थारु समुदायकाे जीवन झल्कने माैलिक सँग्रालयले समेत थप आकर्षण झलकेकाे आयाेजक बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0