देशभर २५ सय भन्दा बढि सदस्य रहेकाे र कूलग्राहस्थमा  ४ प्रतिशत बढि याेगदान रहेकाे व्यवसायीक क्षेत्र’ नेपाल पशुपँक्षी अैाषधि व्यवसायीक सँघ ‘ काे केन्द्रीय सचिव जस्ताे महत्त्वपूर्ण जिम्मेवार पदमा तपाईं कसरी सर्वसम्मत मै छानिन सफल हुनुभयाे र सर्वसम्मतिले सचिव भैरहदा तपाईं सँगठनात्मक जिवनमा कस्ता जिम्मेवारी रहनसक्लान् भन्ने विषयकाे सेरोफेरोमा रहेर श्रीखबर अनलाइन सञ्चालनका लागि पत्रकार कृष्ण खनाल र सर्वसम्मत निर्वाचित केन्द्रीय सचिव केशव शर्मा बीच भएकाे कुराकानीकाे  सम्पादित अँशः

* केशव जी , नमस्कार । सर्वप्रथम: सर्वसम्मत रुपमै ‘  पशुपँक्षी अैाषधि व्यवसायी सँघकाे केन्द्रीय सचिव हुनुभएकोमा हार्दिक बधाई । सफल कार्यकालकाे शुभकामना । अध्यक्ष, उपाध्यक्ष सहित महत्त्वपूर्ण पदहरु मतदान प्रकृया द्वारा निर्वाचित भैरहदा तपाईं चाईँ कसरी र किन सर्वसम्मतमा चुनिन सम्भव भयाे , अलिकति बताईदिनुस्न् न पाैरखकाे याे राज ।

* सचिव शर्मा- सर्वप्रथमत: मलाई सर्वसम्मत रुपमा केन्द्रीय सचिवका जिम्मेवारी सुम्पनुभएकाे महाधिवेशनमा सहभागी प्रतिनिधि साथीहरू प्रति हार्दिक कृतज्ञताका साथ धन्यवाद दिन्छु । साथै देशकाे केन्द्र भाग चितवनमा सम्पन्न याे महाधिवेशनलाई भव्य रुपमा पूरा गर्ने क्रममा साथ र सहयाेग पुर्याउनुहुने प्रमुख अतिथि भरतपुर महानगरका प्रमुख रेणु दाहाल ज्यू सहित सबै निकायबाट सहभागी हुनुहुने अतिथि तथा हाम्रा सहयात्री सहयाेगी स्पाेन्सर कम्पनीहरु प्रति सँघकाे तर्फबाट हार्दिक आधार व्यक्त गर्दछु ।

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा प्रसारित लाेकप्रिय बन्दैगैरहेकाे श्रीखबर अनलाइन सञ्चार र तपाईं मार्फत महाधिवेशन सम्पन गर्ने क्रममा साथ दिनुहुने पत्रकार सहित सबैमा राष्ट्रिय पशुपँक्षी अैाषधि व्यवसायी सँघ केन्द्र र मेराे तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु ।

रह्याे कुरा म कसरी केन्द्रीय सचिवमा निर्विरोध निर्वाचित भएँ भन्नेकुरा । म सिधै केन्द्रीय सचिव भएकाे भने हाेईन । जिल्ला नेतृत्व , प्रदेश नेतृत्व गर्दै केन्द्रीय सदस्यकाे जिम्मेवारीमा थिएँ। मेरा पशुपँक्षी अैाषधि सम्बन्धि १५ बर्षे जिन्दगीमा सायद धेरै साथीहरूसँग घुलमिन र साथ र सहयाेगकाे नेराघेरामा रहेकाे हुनुपर्छ । साथीहरूकाे म प्रतिकाे भराेशा नै मेरा लागि सर्वसम्मत सचिव बन्ने अवसर बनेकाे हाे ।

मुख्य रुपमा याे सँस्थाकाे काम र कर्तब्यकाे क्षेत्रकाे बारेमा बताइदिनुस् न ।

* तपाईं सर्वसम्मत निर्वाचित सचिव । अध्यक्ष उपाध्यक्ष महासचिव जस्ता पदका साथीहरू प्रतिस्पर्धाबाट छानिनुभयाे तपाईं चुनाव अघि न‌ै साझा मान्छे । अब तपाईंको भुमिका कस्ताे रहला केन्द्र र तल्ला कमिटीमा ?

* सचिव शर्मा = निर्वाचन बखत मात्रै साथीहरू प्रतिस्परर्धी हुन् । अब हामी सबै समान जिम्मेवारी र दायित्वमा छाैँ । मलाई विश्वास र चुनावी परिणामले हाम्राे पेशागत व्यवहार र सहयाेयमा कुनै तलमाथि हुने र भएकाे छैन । हाम्राे सँगठन विशुद्ध पेशागत हकहितका लागि समन्वयकारी भूमिकामा रहने सँस्था हाे । जस्ले जितेपछि सँघले जितेकाे छ । म सबै सराेकार साथीहरूलाई यहि सञ्चार माध्यमबाट प्रतिबद्धता व्यक्त गर्दछु कि हाम्राे टिम व्यवसायीक हितका लागि सबै उपाएकाे खाेजी र समान उपयाेगिताका लागि भुमिका निर्वाह गर्ने छ ।

* याे सँस्थाकाे मुख्य काम र कर्तब्यकाे क्षेत्रकाे बारेमा बताइदिनुस् न ।

* सचिव शर्मा = पहिलाे कुरा त  याे पेशा व्यवसाय सँचालन गरेका अर्थात पशुपँक्षीकाे अैाषधि र सप्लिमेन्ट तथा भ्याक्सिनकाे खरिद विक्री तथा निकासी पैठारी पेशामा सम्लग्न व्यवसायीहरु सँगठित हुने नै हाे । दाेश्राे  पेशागत सीप विकास र पेशागत निरन्तरताका लागि आवस्यक कदमहरुकाे खाेजी गर्नु र साे काे लागि याेजना बनाउनु नै हाे । राज्यका सराेकार निकाय जस्तै अैाषधि व्यवस्था विभाग , कृषि ज्ञान केन्द्र का साथै निकासी पैठारीमा सँलग्न सँस्था विच सहजीकरण गर्नु समेत हाम्राे व्यक्तिगत र सँस्थागत जिम्मेवारी रहने छ ।

* पशुपँक्षीकाे अैषधि सम्बन्धि पेशा व्यवसायमा हाल देखिएका समस्या कस्ता छन् नी ?

* सचिव शर्मा = महत्त्वपूर्ण विषय उठान गर्नुभएकाेमा धन्यवाद । मुख्य समस्य भनेकाे हाम्राे पेशागत निरन्तरता नै हाे । याे प्रविधिक पक्ष समेत भएकाेले तालिम लिने दिने तथा अध्ययन गरि गराइ मेनपावर तयारपार्न सहजिकरण गर्नु नै हाे भने विभिन्न निकायसँग समन्वय गर्नु गराउनु पनि सँस्थागत दायित्व र कर्तव्य हुनआउँछ ।अर्काे कुरा हामी चाहन्छाैँ नेपालमा उत्पादन भएका अैाषधि र अैाषधिजन्य पदार्थले सहजरुपमा बजार पाओस् । विदेशमा उत्पादन भएका यस्ता अत्यावश्यक सामानकाे सहजरुपमा आउन कानुनले प्रकृया मिलाओस् ताकि चाेरी व्यापार नफस्टाउन् भन्ने हाे ।

* छाेटाे कुराकानीका लागि उपलब्ध अवसर र समयका लागि धन्यवाद , सर्वसम्मत सचिव हुनुहुने तपाईं सहित सबैलाई हार्दिक बधाई । सफल कार्यकालको शुभकामना ।।

* सचिव शर्मा = केही भावना राख्ने अवसर प्रदान गर्नुहुने तपाईं र श्रीखवर अनलाइन सञ्चार टिमलाई हार्दिक धन्यवाद ।।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0