कृष्ण खनाल

२०८० माघ १,साेमबार आज नरहरि पर्व।सुदुरपस्चिमका विभिन्न क्षेत्रमा याे पर्व कागलाई राेटी सहितका परिकार खुवाएर मनाइन्छ । पुस मसान्तमा सेलराेटी पकाउने र सबैभन्दा पहिला पकाएकाे राेटी आज अर्थात माघ १ गते बिहान कागलाई खानका लागि राखिने याे पर्वकाे विशेषता हाे । माघेसक्रान्ति अर्थात माघ १ गते बिहान नदि तलाउमा गै स्नानादिकर्म पश्चात् ‘ का काैवा का , मेराे राटी खा’ भन्दै कागलाई राेटी खान बाेलाई सेल राेटी खुवाउने प्रचलन तरहरि पर्वमा हुन्छ ।

सनातन परम्परा तथा जनविश्वासमा ‘नरकलाेकका मालिक यमराज हुन् । उनले सबै जिवित प्राणीको फेहरिस्त राख्ने र यसकाे समाचार सम्प्रेषणका माध्यमका लागि उनले कागलाई प्रयाेग गर्ने गर्दछन् ।’

कागलाई यमराजकाे दूतकाे रुपमा लिईन्छ । कागले सबैलाई समान व्यवहार गर्ने भएकाेले उनलाई सम्मान स्वरुप परिकार खुबाईने गरिएको सम्बन्धि विज्ञहरु बताउँछन् । कागलाई  अशुभ सन्देश वाहनकाे रुपमा हेरिने चलन छ ।

आज दिईएकाे राेटी कागले खानुका साथै उसले लगेर लुकाएकाे साे राेटी व्याउने गाईलाई खुवाउने समेत शुदुरपस्चिममा चलन छ । यस्टाे लुकाएकाे राेटी खुवाईकाे गाईबाट जन्मिएका बाछाबाछी राम्रा र स्वस्थ हुने त्यस भेगका जनसमुदायको विश्वास रहेकाे छ ।

नरहरि पर्व ” पश्चिमभेगीय समुदायका लागि एक महत्त्वपूर्ण पर्व हाे । साे पर्व मनाउनका लागि घर छाेडेर कमाई धमाईका लागि घर छाेडेका परिवारजन समेत चाड मान्न घर फर्कने गर्दछन् । बिवाहिता नारीहरु याे पर्व मान्नका लागि माईतीघर जान चलन छ।

यसाे त माघ १ गते अर्थात् माघे सक्रान्ती पर्व धेरैजसाे सम्प्रदायमा महत्त्वपूर्ण पर्वकाे रुपमा रहेकाे पाइन्छ । थारु समुदायका लागि माघी नयाँ बर्ष शुरुआत हुने दिन हाे । आजै थारु समुदायमा गाउँले भेलाले ” बडघर ” छान्ने चलन छ । बडघर भनेकाे थारु समुदायको नेता हाे । उनकै नेतृत्वमा एकवर्ष आफ्ना सदस्य समुदायको न्याय निसाफ, घटनपटन चल्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0