कृष्ण खनाल
२०८० पुष १७, मँगलबार
चितवन । ६७ वर्षे लामाे इतिहास बाेकेकाे भरतपुर अस्पतालप्रति आमनागरिककाे आशा ,भराेशा र विश्वास बढ्दाे छ भन्नेकुरा ५ देखि ६ हजारकाे हाराहारीमा दैनिक अस्पतालकाे परिसरमा देखिने सेवाग्राहीकाे भिडले प्रमाणित गर्दछ। सँघिय अस्पताल भएर पनि सँघमार्फत उपलब्ध हुनुपर्ने दरबन्दी र बजेट निकासा भएकैछैन भन्ने तथ्य दैनिक ६ हजारकाे हाराहारीमा उपचार सेवा दिन जम्मा १ सय ५० दरबन्दीमा अस्पताललई सिमित पार्नुले प्रष्ट हुन्छ । ६ सय बेड सञ्चालनमा रहेकाे भरतपुर अस्पतालकाे खर्चको ठुलाे हिस्सा अस्पताल व्यवस्थापन समितिले नै व्यवस्थापन गरिरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजु पाैडेल बताउनुहुन्छ ।
कार्यभार समालेकाे हप्ता दिन भित्रै अस्पतालकाे यथार्थ स्थितिकाे सार्वजनिकीकरण गर्न श्वेतपत्र जारी गर्दै सम्भावनाकाे खाेजी, चाहना र आवश्यकताकाे बिचबाट समाधानका उपाए खाेज्ने सफतका साथ जुझारु टिमका लिएर जिम्मेवारी समालेका अध्यक्ष पाैडेलले आफू, आफ्नो याेजना र भएका प्रयासका बारेमा जिम्मेवारीकाे एक वर्ष पछि पुनः पत्रकार मार्फत सार्वजनिक गर्नुभएको छ।
याे किन भएन भन्दापनि याे यसरी सम्भव छ भन्ने राय माग गर्नकै लागि भन्दै अस्पतालका हरेक युनिटका जिम्मेवार व्यक्तिसँग समस्या , आवस्यकता र समाधानका उपाए लिखित रुपमै माग्ने प्रवन्ध मिलाएका अध्यक्ष पाैडेलले उपकरण, जनशक्ति र सेवाकाे सुधारका लागि Planning Workship समेत सञ्चालन गर्ने गरेकाे कर्मचारीहरु बताउँछन् ।
२०७९ साल चैत १० गतेकाे मन्त्री परिषदकाे निर्णयले राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (NAMS) बाट आँगिक कलेजका रुपमा स्विकृत भै Bsc.nursing ,Bachelor of Midwife Scince (BMS) सञ्चालनका लागि स्वीकृत भै भर्ना प्रकेया प्रारम्भ भैसकेको विवरण सहित अस्पतालमा भाैतिक तथा व्यवस्थापन सुधारमा उल्लेखनीय प्रगति भएकाे व्यहाेरा अध्यक्ष द्वारा पत्रकार माँझ वितरित ७० बुँदामा प्रस्तुतिले देखाउँदछ ।
‘अस्पताल तनाव साम्य पार्न- तनाव बाेकेर आउने थलाे हाे ।” अस्पताल मनाेरञ्जनकाे थलाे नभएपछि मन बहलाउने थलाे भने पक्कै हाे । त्यसैले प्रकृतिमा आधारित साैन्दर्यता र सरसफाइ युक्त अस्पताल सबैकाे चाहना हाे । यसैलाई मध्यनजर गर्दै सेवाग्राहीलाई मात्र नभै सेवामा हाजिर जनशक्तिकाे सहजकताका लागि academy Building ,स्टाेर रुम देखि विल्डिङका विचमा बनेका काेरिडाेरले सबैलाई सुबिधा दिएकाेमाआम सेवाग्राहीसँगै मलाई पनि आनन्द लाग्छ भन्नुहुन्छ अध्यक्ष पाैडेल ।
भदौ ८ गते अस्पतालका विषयमा सार्वजनिक सुनुवाइ गरेपछि अनुभव , सुझाव र सम्भावनालाई प्रयाेग गर्दैगर्दा एक वर्षको कार्यावधिमा ईमर्जेन्सी भवन वातानुकुलित भएकाे छ भने चाैविसै घण्टा एक्सरे, तथा साना अप्रेसन इमर्जेन्सी मै हुन थालेका छन् । अस्पताल मा हाल अध्याधुनिक डिजिटल मेसिन द्वारा एक्सरे सेवा छ भने इमर्जेन्सी मै विशिष्ट जनशक्ति द्वारा सेवा उपलब्ध भैरहेकाे अध्यक्ष पाैडेलले जानकारी दिए । अस्पतालमा उपचार मात्र हुदैनन् । यहाँबाट निस्कने फाेहाेरजन्य पदार्थ अति हानिकारक हुन्छन् भने रसायन झन् खतरा हुन्छ । नागरिकलाई जाेगाउँदै निस्किएका फाेहाेरलाई सफागरि पुनः बिक्री गरि आम्दानी समेत गरिएको अस्पताल प्रशासनले जनाएको छ। मेसिनको मर्मत गर्नुका साथै ८ बटा डाइलासिस मेसिन थपेपछि हाल १८ बटा मेसिनबाट सेवाप्रदान भैरहेकाे छ भने निकटभविष्य मै भरतपुर अस्पतालमा HIV प्रभावितका लागि समेत थप डाइलासिस मेसिन थप्ने याेजना अस्पताल रहेकाे जनाइएकाे छ ।
गर्न धेरै बाँकी छ सुधारअस्पतालकाे । धेरै छन् गर्नुपर्ने याेजना । तर अस्पताल सुधारिएको छ र क्रमबद्ध विकासकाे गतिमा छ भन्ने देख्ने सुन्नेले पनि भनेका छन् । अस्पतालमा NICUबेड थपिएर २० वटा भएका छन् भने PICUमा ६ वेड र HDUमा ५ वटा वेड देखिएका छन् ।
फेहरिस्त मै उल्लेख भएअनुसार भरतपुर अस्पतालमा मुटुराेगीकाे उपचार गर्न छुट्टै ४ वेडकाे वाड छ भने CCU,तथा नवजात शिशुका लागि New आईयू वेड थपिएको छ। विगतमा करोडौं रुपैयाँ बैककाे चल्ति खातामा राख्दा बैकले प्राप्त गर्नुपर्ने व्याज रकमकाे निक्सानीबाट अस्पताललाई जाेगाउन प्रवन्ध गर्दैमा वार्षिक ३ करोड त व्याज मात्रै पाईयाे भन्दै अध्यक्ष पाैडेले पत्रकार माझ भन्नुभएकाे छ ‘ अब छिट्टै अस्पतालमा MRI Machine, TMT, portable Dental X-ray मेशिन आउदैछन् भने 625KVA Generator, C- arm Machine का साथ अत्याधुनिक भेन्टिलेटर मेशिन आउदैछन् । cath Lab खरिदका लागि अस्पतालले प्रकृया पूरागरिसकेकाे जनाएको छ ।
अस्पतालले खरिदका लागि डेन्डर प्रकृयामा लगि खरिद गर्ने प्रकृयमा ल्यावमा आवस्यकता अत्याधुनिक मेसिन ,मेरुदण्डकाे उपचारका मेसिनहरु रहेका छन् भने नाकबाट छिराएर हृर्ने NPL मेसिन र पथ्थर फुटाउने मेसिनबाट सेवा सञ्चालन भैरहेकाे जनाएको छ
पाैडेलले कार्य प्रगति र भावि याेजनाकाे फेहरिस्त हेर्दा भरतपुर अस्पतालकाे सुधारिदाे गति देखिए पनि धेरै ठुलाे सेवाग्राहीकाे चापलाई बेवास्ता गर्दै केन्द्र सरकारले आवश्यक दरबन्दीकाे व्यवस्थापन त परै जाओस् स्वीकृत दरबन्दी समेत राेक लागेकाे समाचारले भने अस्पतालसँग सम्वद्द पक्षमा थप निराशा थपिएकाे देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1