Open photo

२०८० पुस १६, साेमबार

काठमाडौं ।पशुपँक्षीकाे अैाषधिकाे व्यवसाय आफैँमा समम्वेदनशीत त छदै छ जाेखिम पनि कम छैन । व्यक्तिका फर्म र घरघरमा जसरी अैषधिकाे उपलब्धता छ त्याे सजिल्यै पुगेकाे भने हाेईन । देशमै उत्पादन भएका अैाषधिकाे पनि उत्पादक डिलर हाेलसेलर हुँदै खुद्रा विक्रेताका माध्यम बाटै अन्तिम उपभाेक्ता सम्म पुर्याईन्छ भने कैयौं कानुनी विधि र आईपर्ने झमेला पारगर्दै विदेशी उत्पादन नेपाल भित्राउँदै उपभोक्तासम्म पुर्याउनुपर्ने हुन्छ ।यिनै पेशा , व्यवसाय र स्वराेजगार कर्म द्वारा आफू र राष्ट्रलाई पाल्न टेकाे दिईरहेकाे पेशा व्यवसायीहरु मध्यकाे व्यवसायीहरुकाे थलाे हाे ” पशुपँक्षी अैाषधि व्यवसायी सँघ ” ।

देशभर जिल्ला हुँदै प्रदेश केन्द्रसम्मकाे व्यवसायीक तथा सँस्थागत सञ्जाल भएकाे याे सँस्थाले हालै प्रदेशका सँघकाे अधिवेशन सम्पन्न गर्दै यही पुषकाे २४ र २५ गते चितवनमा सँघकाे १४अैाँ राष्ट्रिय महाधिवेशन तथा ३३ अैाँ साधारणसभा सम्पन्न गर्दैछ ।

आसन्न अधिवेशनबाट आगामी कार्यकालका लागि केन्द्रीय सचिवकाे जिम्मेवारीमा जान उम्मेदवारी घाेषणा गर्नुभएका केशव शर्मा १० साैँ वर्ष देखि पशुपँक्षीकाे अैषधि व्यवसायमा निरन्तर कृयाशील हुँदै जिल्ला प्रदेश हुँदै हाल सँघकाे केन्द्रीय सदस्यकाे भूमिकामा हुनुहुन्छ । याे सँघ पेशागत हक हितका साथै पेशा व्यवसायीकाे पेशागत सँरक्षण गर्दै पेशालाई कसरी मर्यादित बनाउने भन्ने विषयमा सामाजिक कामगर्ने सँस्था भएकाले नेतृत्वकै लागि बाकस थापेर भन्दापनि साझा सहमति मा कार्यसमिति निर्वाचन हाेस् भन्ने भन्ने चाहना राख्नुहुने शर्मा किन सँघकाे सचिवमा निर्वाचित हुन चाहनुहुन्छ भन्ने सेराेफेराे भित्ररहि अधिवेशनकाे सम्मुखकाे अवसरमा श्रीखबर अनलाइन सञ्चारका लागि पत्रकार कृष्ण खनालसँगकाे कुराकानीकाे सम्पादित अँशः

= केशव जी नमस्कार । पशुपँक्षी अैषधि व्यवसायी सँघकाे केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा गर्नुभएको रहेछ , सचिवमा तपाईं नै जानुपर्ने किन हाे अरु गए हुँदैन ?

* नमस्कार । हाे मैले यसपालिको अधिवेशनबाट केन्द्रीय सचिवमा निर्वाचित हुनकालागि साथीहरूसँग अपिल गरिरहेकाे छु । हामी जस्ता पेशामा अनुभव र सँस्थागत याेजना भएका व्यवसायी नेतृत्वमा जाँदा सँस्था राम्राेसँग चल्नेमा दुईमत नै भएन । म पेशागत अनुभवी व्यवसायी हुँ । म केन्द्रीय सदस्य भैरहदा जिल्लाकाे नेतृत्व र प्रदेशकाे नेतृत्वकाे अनुभव समेत समाल्दै केन्द्रीय अनुभवी समेत भएकाे नाताले अब  सँस्थालाई सक्षम र सबल बनाउँदै राज्यका निकायसँग समन्वय गर्दै कसरी उत्कृष्ट सँस्था र भराेशाकाे थलाे बनाउन सकिन्छ भन्ने परिपक्वता भएकै कारणले मैले सँघकाे सचिवकाे जिम्मेवारी समाल्दा सँस्थाले अझ सँस्थागत सफलता पाउनेभएकै कारण सचिवका लागि म याेग्य उम्मेदवार हुँ ।

= अरु सदस्य नि?

* ठिक भन्नुभयाे । अरु सदस्य साथीहरू पनि एक से एक भएकै कारणले साथीहरूले गहन विवेक प्रयाेग गरि यसपटक म लगाएत कार्यसमितिका सवै साथीहरू सर्वसम्मत निर्वाचन हुनुपर्छ भन्ने मेराे धारणा छ । याे पेशागत हितका लागि निर्माण भएकाे सँस्था भएका कारण हारजित भन्दा पनि सर्वसम्मतिले हामीजस्तै अनुभवि साथीहरूलाई यसपालि नेतृत्वकाे जिम्मेवारी दिनहुन समेत म सबै साथीहरूमा हार्दिक अनुराेध गर्दछु ।

= तपाईं सचिवमा निर्वाचितका लागि प्रस्तावित हुँदैगर्दा तपाईंको सँगठनिक याेजना समेत मतदाता साथीहरू बिच लैजान पर्दैन ?

* म एकैपटकमा सचिवकाे उम्मेदवार भएकाे नभै उपत्यत्यका समिति , बागमती प्रदेश अध्यक्ष हुँदै केन्द्रीय सदस्य भएकाे व्यवसायी हुँ । मैले नेतृत्वका  दिनमा पेशामा रहनुभएका साथीकाे पेशागत निरन्तर , तालिम देखि अैषधी आयातमा हुने राज्य तथा विभिन्न निकायवाट उत्पन्न असजकता समेत झेल्नुपरेकाे अवस्थामा कसरी नेतृत्वले भुमिका खेल्नुपर्दछ भन्ने ज्ञान समेत भएका कारण यिनै समस्यामा उचित भुमिका खेल्न र पेशामा रहनुभएका साथीहरूलाई पेशागत समस्या निराकरण गर्न सहयाेग बन्नु नै मेरा याेजना हुन्।

खरिद बिक्रीमा आइपर्ने समस्यामा राज्यका निकायसँग समन्वय गरि व्यवसायी क्षेमता र स्थायित्वका लागि निर्णायक भूमि निभाउन नै म केन्द्रीय सचिवमा निर्वाचित हुने परिस्थितिकाे सँघारमा पुगेकाे हुँ । मलाई विश्वास छ यसपटकको नेतृत्व म सहित सबै साथीहरू सर्वसम्मती मै निर्वाचित हुने छाैँ । यसैमा सबैसाथीहरुकाे हित र भलाई हुने छ ।

= तपाईं र सबै साथीहरुकाे सर्वसम्मत निर्वाचन र सक्षम नेतृत्वको हार्दिक शुभकामना ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0