Open photo

२०८०पुस५,बिहीबार

चितवन। कालिका नगर तेक्वान्दो डाेजानकाे आयोजनामा चितवनमा एभरेस्ट खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएकाे छ। यसअघि काठमाडौंमा पहिलो र दाेश्राे सँस्करण भएकाेमा यसपटक चितवनमा भने तेश्राे सँकरण हुनलागेको पत्रकार सम्मेलन मार्फत प्रतियोगिताका सँयाेजक रमेश कार्कीले जानकारी दिए ।

प्रतियोगितामा २० केजिदेखि ८० केजि तौलसम्मका खेलाडीले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिता तौलका आधारमा सञ्चालन गरिने उनले जानकारी दिए । ६५ डोजाङको उपस्थिती रहेने प्रतियोगितामा ३७ पदक रहेको उनले बताए ।

हुम्ला, जुम्ला, खोटाङ लगायतका दुर्गम जिल्ला सहित अन्य जिल्लामा डोजाङहरुको सहभागिता रहने छ । दुर्गम जिल्लाका खेलाडीहरुलाई खाना बस्न सहित खेल सामाग्रीको समेत निःशुल्क प्रदान गरिने संयोजक कार्कीले जानकारी दिए ।

प्रतियोगितामा फाइटर टपर तर्फ प्रथम पुरस्कार एक लाख, द्धितीय पुरस्कार ५० हजार र तृतीय पुरस्कार २५ हजार रुपैयाँ रहेको छ । यस्तै पुम्से तर्फ प्रथम पुरस्कार २० हजार द्धितिय पुरस्कार १० हजार र तृतीय पुरस्कार पाँच हजार रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0