Open photo

२०८० पुस ५, बिहीबार

भरतपुर/चितवन उद्योग संघको आयोजना र व्यूटीफुल माईन्ड रिहाबिलिटेशन सेन्टर प्रा.लि.को सह–आयोजनामा उद्योगीहरुलाई तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रो.डा.शैलेन्द्रराज अधिकारीले मनोरोगका कारण र लक्षण, बरिष्ठ मनोरोग विशेषज्ञ डा.गिरीराज भन्तानाले उद्यमीमा हुने तनावका प्रकृति र कारण, प्रो.डा.विद्यादेव शर्माले मानसिक स्वास्थ्य मनोरोग र तनाव, स्वामी आचार्य महेन्द्र प्रसाद भट्टराईले आनन्दित आत्म संगठनात्मक व्यवस्थापन र श्वास उपचार र बरिष्ठ हाँस्यकलाकार मनोज गजुरेलले उत्प्रेरणा मुलक सन्देश प्रस्तुतिकरण गर्नुभएको थियो ।

चितवन उद्योग संघका कार्यवहाक अध्यक्ष गजेन्द्र अधिकारीको अध्यक्षतमा सम्पन्न कार्यक्रममा बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष लेखराज पोखरेल प्रमुख अतिथि रहनुभएको थियो ।  कार्यवहाक अध्यक्ष गजेन्द्र अधिकारीले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष लेखराज पोखरेल र चितवन उद्योग संघ गभर्निङ काउन्सिलका उपाध्यक्ष भेषराज दुवाडीले कार्यक्रमको सफलताको कामना गर्नुभएको थियो ।

तालिमकाे दाेश्राे सेसनमा सहभागीले राखेका जिज्ञासाहरुको  प्यालिष्टमा रहनुभएका वक्तहरुले अन्तरकृयात्मक शैलीमा जिज्ञासा उपर छलफल समेत भएकाे थियाे ।

कार्यक्रममा चितवन उद्योग संघका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेल, उपाध्यक्ष गोपाल प्रसाद गैरे, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, चितवन उद्योग संघका कार्यसमिति सदस्य एवम् रत्ननगर समितिका अध्यक्ष उमाकान्त पौडेल, चितवन उद्योग संघका कार्यसमिति सदस्य एवम् खैरहनी समितिका अध्यक्ष युवराज पाठक, चितवन उद्योग संघका कार्यसमिति सदस्य एवम् माडी समितिका अध्यक्ष रमेश नेपाली, बागमती प्रदेश उद्योग परिसंघ, महिला उद्यमी मञ्चकी अध्यक्ष चन्दना कोइराला सहित चितवनका उद्यमी, चितवन उद्योग चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल लगाएत सराेकारवाल व्यक्ति तथा पत्रकार समेतकाे सहभागीता रहेकाे थियो ।

कार्यक्रमकाे समापन सभालाई सम्बाेधन गर्दै प्रमुख अतिथि समेत रहनुभएका बागमती प्रदेश उद्योग सँघका अध्यक्ष लेखराज पाेखरेलले  उद्यमीहरु विभिन्न कारणले तनावमा पर्नुपरेकाे उल्लेख गर्दै आर्थिक व्यवस्थापन र उद्योग सञ्चालनकाे निरन्तरता कसरी गर्ने भन्नेमा  सकस भएकाे बताउनुभयो ।

गभर्निङ काउन्सिलका उपाध्यक्ष भेषराज दुवाडीले हरेक उद्यमीले आफ्ना तनावका विषय  छनाैट गर्दै कुन तनावलाई कसरी र कसकाे सहायताले व्यवस्थापन गर्न सकिन्छ भनेर छुट्याउनु पर्नेभयाे  भयाे भन्नुहुँदै काेही नभए भगवान् त साथी छन् भनेर पनि मनाेवल बढाउनु पनि तनाव व्यवस्थापन गर्ने माध्यम रहेकाे आफ्नाे अनुभव रहेकाे बताउनुभयो ।

कमल शर्मा भुषालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका उपाध्यक्ष गोपाल प्रसाद गैरेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

उद्योग सँघकाे तालिम हल  भरतपुरमा सम्पन्न साे कार्यक्रमले जिवनलाई नियाल्न र भावि जिवनकाे मार्गचित्र काेर्न सहयाेग पुर्याएकाे सहभागीले जनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0