२०८०मङ्सिर १३, बुधबार

चितवन । आफ्ना स्वर्गीय पति  प्रवुद्ध परियारकाे सम्झनामा पत्रकार पूजा परियारले प्रेस चाैतारी चितवनकाे भवन निर्माणका लागि आर्थिक सहयाेग गर्नुभएको छ ।

कुशल प्रस्ताेता परियारले आफ्नाे ८अैाँ वैवाहिक वार्षिकोत्सबकाे सन्दर्भ पारेर आफ्ना स्वर्गीय पतिकाे सम्मान र स्मृतिमा चाैतारी भवनका लागि २० हजार रुपैयाँ सहयोग गर्नुभएकाे हाे ।

” भवन निर्माणका लागि सहयाेग गर्ने चाहना हुँदाहुँदै पनि समय मिलेकाे थिएन अहिले मेरा स्वर्गीय पतिकाे सम्झना र सम्मानकाे अवसर पारेर सहयाेग गर्दै याे पुण्य अभियानमा सहयात्री हुन पाएकाेमा खुशी लागेकाे छ ।” सहयाेग रकम पठाउँदै परियारले भन्नुभयाे ।

प्रेस चाैतारी चितवनले भवन निर्माणका लागि रकम सँकलन गर्ने परियाेजनका लागि आयाेजित बृहत् साँस्कृतिक तथा साहित्यक कार्यक्रमकाे समेत प्रस्ताेता पूजा परियारले लम्जुङबाट आफ्नाे पत्रकारीताकाे यात्रा शुरु गर्नुभएकाे थियाे। हाल वहाँ युएईमा रहनुहुन्छ ।

चाैतारी लगाएत हरेक गतिविधिमा सकृय रहि साथ दिनुहुने पूजा जीले चाैतारी भवनका लागि गर्नुभएकाे याे सहयाेगकाे चाैतारी चितवनले उच्च मूल्यांकन गर्ने बताउँदै प्रेस चाैतारी चितवनका अध्यक्ष सुवास पण्डितले चाैतारी भवन सबैकाे साझा सम्पत्ति भएकाेले सवैवाट सहयाेग र सद्भावकाे अपेक्षा गरिएको बताउनुभयो ।

समाजसेवी केशव कार्कीले प्रदान गर्नुभएको करिव ६० लाख पर्ने भरतपुर ११ बसेनी स्थित जग्गामा निर्माणाधीन चाैतारी भवनकाे पहिलेा तलाकाे फिनिसिङकाे काम भैरहेकाे छ भने दाेश्राे तलाकाे भाेली १४ गते ढलान गर्ने तयारी भैरहेकाे अध्यक्ष पण्डितले बताउनुभयो ।

सुविधा सम्पन्न बन्ने साे भवनकाे लागत १कराेड ६० लाख रुपैयाँ लाग्ने अनुमान गरिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0