×
सोमबार, असोज १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

लयमा फर्कन थाले नदीनाल

लोकप्रिय समाचार

  • १. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २. नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३. दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४. नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५. समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६. के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

  • ७. नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ८. दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ९. लयमा फर्कन थाले नदीनाल

  • १०. पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

पूर्खाकाे थलाे छाेड्न पर्नु पिडाकाे विषय भएपनि राष्ट्र निर्माणसँग जाेडेर खुशी खाेज्दैछाैँ –


२०८०मङ्सिर १४, बिहीबार ।

Advertisement

गाेरखा। बेनिघाट हुँदै दर्वुङटार छिचाेलेर हुइँकेकाे गाडी बुढीगण्डकीकाे काखैकाख आरुघाट हुँदै भाेटपुग्ने रे भन्दा पहाडकाे सुबिधायुक्त गाउँमा परिनेआश थियाे रे गाेरखा, दर्बुङका कपिल खनाललाई । उनका ८-९ पुस्ता खलक समेत त्यहि बुढीगण्डकीकै काखमा जन्मेका हुन् भन्नेचाहिँ थाहा छ कपिललाई ।त्यसैभन्नुहुन्छ काका पुस्ताका बाबुराम पनि ।

एकाएक बुढीगण्डकी नदी थुनेर जलाशययुक्त हाइड्रोपावर कम्पनी बन्ने हल्ला चल्याे । सिउरेनीटार माथिका धादिङ र गाेरखाका धेरै माथिसम्मका बुढीगण्डकी नदितटिय बस्ति सरकारले उठाउने रे भन्ने पनि सुनेकाे बताउँछन् कपिल ।

एकाएक सरकारले धेरै ठुलाे रकम दिने , घर गाेठ देखि रुखविरुवाकाे समेत ठूलै रकम दिने निर्णय भएकाे खवरकाे अझै झल्काे आएकाे बताउँछन् दर्बुङटार मै अझैसम्म शिक्षक बनिरहेका कृष्ण खनाल र निवृत्त हेडसर कृष्णप्रसाद खनाललाई ।

नसाेचेकाे रकम हातपर्दा अैाधि हाैसिएका गण्डकीका नागरिकहरु पैसा लिएर घरघडेरी खाेज्न जब काेहि चितवन त काेही काठमाडौं आसपास पसे तब थाहा भयाे आफ्ना पुस्ताकाे विरासद , ,राज्यलाई सुम्पिएर प्राप्त अथाह भनिएकाे रकम त कठ्ठा र धुर मै सकिन थालेपछि चेत त आयाे तर समय सकिएपछि भन्छन् – कपिल खनाल ।

“राज्यसँग रकमकाे सट्टामा सुबिधायुक्त भूगोलमा याेगदानकाे आधारमा दामासाहिले घर घडेरीकाे आवाज उठाउन सकेकाे भए याे सम्भव हुनेथियाे । हाम्रा १०साैँ पुस्ताकाे विरासत छाेड्नुपर्दा राज्यले आवस्यक सबै सुविधादिने पक्काथियाे तर हामीले समय रआवस्यक्तालाई चिन्न सकेनौं भन्नुहुन्छ निवृत्त शिक्षक समेत रहनुभएका दर्बुङका बाबुराम खनाल । पैसा पाएपछि सबैथाेक हुन्छभन्ने लागेकाे थियाे तर भाेगेपछि थाहापाउँदैछु भन्नुहुन्छ रबिन्द्र ।

छाेराछाेरी बिदेश गएका बर्षकाे ५- १० लाख पठाउन सक्नेलाई त राम्रै भयाेहाेला तर हामी जस्ताकाे त घडेरी खाेज्न हिड्दैमा पाएकाे पैसानै सकिनेभयाे भन्नुहुन्छ रबिन्द्र खनाल ।” आखिरी हामी जस्ता अरु आम्दानी नहुनेले किन्ने घर घडेरी भनेकाे जहाँगए पनि दुरदरारमा नै रहेछ । कमसेकम आफ्नाे पुरानाे गाउँबस्तीमा दु:खसुखले पेटपाल्न र जहान बच्चा पाल्न त सकिन्थ्याे । अब त हामी पनि नयाँ ठाउँका नयाँ छिमेकी हुने भईयाे । स‌याैँ बर्ष सँगसँगै दु:खमा साथ दिएका इष्टमित्रहरु अब काे कता काे कता हुनपर्ने भयाे , याे बुढीगण्डकी  हाइड्रोपावर प्राेजेक्टले दिएकाे सबैभन्दा दु:खद पक्ष हाे ” रबिन्द्र भन्नुहुन्छ । ” हामीले त राज्यकाे खुशीका लागि हाम्राे दु:ख लुकायाैँ तर राज्यले ८- १० वर्ष हुँदापनि हाइड्रोपावर निर्माणकार्य नथालेकाे देख्दा र पाउनुपर्ने सबैले भुक्तानी नपाउँदा थप दुखलाग्छ ” रामचन्द्र खनाल भन्नुहुन्छ ।राज्यले मुआब्जा, तथा पुनर्वासको लागि भनेर राज्यले ७३ अर्ब बराबरकाे खर्चहुने बताएको छ ।

Open photo

राज्यले बुढीगण्डकी नदिमा ३ किलाेमिटर माेटाे ड्याम लगाएर पानी ताल बनाउने र बहुउद्देश्यीय परियाेजना निर्माण गर्ने ठुलै महाेत्वाकाक्षी याेजना अघि सारेकाे छ । ८ बर्ष अघि नै फ्रान्सेली कम्पनीले याे आयाेजनाकाे लागत २ खर्ब ७० अर्ब बराबर लाग्ने अनुमान निकालेकाे थियाे । परियाेजनालाई कम्पनीको रुपमा विकास गरिसकेा छ भने कम्पनीको पूँजी २ खर्ब ६० अर्व बराबरको हुने जनाएको छ। सरकारले परियाेजना निर्माण कार्यकाे सक्रियताका लागि हालै परियाेजना स्थल गाेरखाकाे गण्डकी गाउँपालिकाकाे सिउरेनीटारमा कार्यालय समेत स्थापना गरेकाे छ ।

Open photo

अध्ययन तथा पछिल्लाे परिस्कृत विवरणअनुसार आयाेजनाकाे कूल लागत ३ खर्ब ८० अर्ब बराबरको हुने तथ्यांक आँकलन गरिएको परियाेजनाका प्रमुख कार्यकारी अधिकृत बताउँछन् । प्रभावित क्षेत्रका जनतालाई जति नै रकम बाँडे पनि राज्यले नै देशकाे कुनै भूभागमा सुविधा युक्त गाउँ निर्माण गरि पुनर्स्थापना गरेकाे भए न समाज यसरी भाैतारिएर कहाँ जाने कहाँ बस्ने भनेर घरघरेडी खाेज्न कुदिहिड्नु पर्थ्याे न  सँयाैँ बर्षदेखि एकता र विश्वासका साथ बसेकाे समाज लथालिङ्ग र भताभूङ्ग हुनुपर्थ्याे ।

Open photo

हाम्राे पुर्खाकाे थलाे प्रयाेग गरेर देशले आर्थिकसामाजिक र सास्कृतिक रुपमा सम्पन्न देश निर्माण गर्ने देश र जनताको सपना पूरा गर्छभने हामीलाई पूर्खाकाे थलाे छाेडेर मुङ्लानकाे यात्रा तय गर्दाकाे पीडा विर्सेर राष्टनिर्माणसँग जाेडिएकाे खुशीमा हाम्राे खुशीकाे खाेजीमा छाैँ भन्नुहुन्छ काठमाडौं फन्काेमार्दै घरघडेरी खाेज्न चितवनकाे चाेक र गल्ली भाैतारिरहनुभएका रबिन्द्र खनाल ।

(श्रीखबर अनलाइन सञ्चारका लागि कृष्ण खनालकाे रिपोर्ट )

बिहिबार, मङि्सर १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद
समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह
दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

लोकप्रिय

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

भर्खरै

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

  • ३.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ७.
    दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ८.
    पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.