Open photo

२०८०असाेज २०, शनिबार

सरकारले पर्व लक्षित सुपथ मूल्यका पसल सञ्चालन गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई दुई कराेड ३२ लाख २० हजार बजेट विनियोजन गरेकाे छ ।

Open photo

भाेली देखि सुपथ मुल्यका पसल सँचालनमा ल्याउने तयारी भैरहेकाे छ । उपत्यकाका ८ स्थान तथा ३ घुम्ती पसल गरि ८ स्थानकाट सहुलियत दरका पसल सन्चालन हुनेछन् । उपत्यकामा मात्रै ३५ स्थानबाट सेवा सञ्चालन हुने छ भने उपत्यका बाहिरका ४२ जिल्लाका ४८ स्थानमा खाद्य व्यवस्था तथा व्यनपार कम्पनीको सहुलियतका पसल रहने खाद्यले जनाएको छ ।

पसलमा साल्ट ट्रेडिङ मार्फत बिक्री हुने सामानमा समेत छुट सुबिधा दिन सरकारले एक करोड रुपैयाँ छुट्याइएको छ । साल्ट ट्रेडिङ कर्पाेरेसनले चिनी प्रतिकेजी ९७ रुपैयाँ र नुन मा प्रतिकेजी २ रुपैयाँ कम मा बेच्ने छ भने तेल र चिउरामा प्रतिकेजी ७ रुपैयाँ छुट दिईने कर्पाेरेसनले जनाएको छ ।

दुग्ध विकास सँस्थानले भने सस्ताे पसल मार्फत घिउमा प्रति लिएर २० रुपैयाँ र पनिरमा प्रतिकेजी २०रुपैयाँ कम मा बेच्ने छ ।

सरकारले राज्यको रकम प्रयाेग गरेर अनुदानमा उपभोग्य सामान उपलब्ध गराउनुकाे साथसाथै बजारलाई नियन्त्रणमा राख्दै चाडपर्वमा माैकामा हुने मूल्य वृद्धि तथा काला बजारी नियन्त्रण गरि आम नागरिकलाई सर्वसुलभ र मनासिब मुल्यमा उपभाेग्य बस्तु उपलब्ध गराउन राज्यको ध्यान आकर्षक हुनुपर्नेमा चासाे बढेकाे उपभोक्ताकर्मी बताउँछन्न्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0