२०८०असाेज१२, शुक्रबार ।

नेपालका लागि सिट्राेन गाडीकाे आधिकारिक वितरक साँग्रिला माेटर्स प्रा. लि.ले चितवनको भरतपुर मा शाेरुम विस्तार गरेकाे छ। भरतपुर १० रिजाल चाेकमा खाेलिएकाे उक्त नयाँ शाेरुम “ओजाेन माेटर्स ” बाट सिट्राेन ईसिथ्री र सिट्राेन सिथ्री माेडलका गाडी बिक्रीका लागि राखिएकाे छ।

Open photo

शुक्रबार आज साे शाेरुमकाे उद्घाटन गर्दै भरतपुर महानगरपालिका १० नम्बर वडाका अध्यक्ष परमेश्वर खनालले जलश्राेतकाे धनी देश भएका कारणले पनि विद्युत उत्पादनमा वृद्धि गरि विद्युतीय उपकरणकाे प्रयाेगमा बढवा दिनुपर्ने आजकाे परिस्थितिमा सिट्राेन ईभि जस्ता विद्युतिय गाडीको बिक्री र उपयाेग आजकाे समय र आम उपभोक्ताकाे माग भएकाे बताउदै कम्पनीको व्यवसायीक सफलतनकाे शुभकामना व्यक्त गर्नुभएकाे थियाे भने शाेरुम उद्घाटनका लागि आयाेजित प्रेसमिट कार्यक्रममा उद्योग वाणिज्य सँघ बागमती प्रदेशका राजन गाैतम,चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ ले सँस्थागत व्यवसायीक सफलताकाे शुभकामना व्यक्त गर्नुभएकाे थियाे।  साँग्रिला माेटर्सका असिस्टेन्ट जनरल मेनेजर किरण श्रेष्ठले गाडीकाे सबल पक्षकाे जानकारी गराउनुभएकाे थियाे ।

Open photo

सन् १९१९मा आन्द्रे गुस्तावे द्वारा स्थापित फ्रान्सेली सिट्राेन कम्पनीले सन् १९२७ सम्म बार्षिक ५० हजारकाे सँख्यामा सवारी साधनको उत्पादन गरेकाे कम्पनी हाे । याे गाडी ब्याट्रीबाट सँचालित हुने भएकाले नेपाल जस्ताे ईन्धनमा परनिर्भर हुने देशलाई आवस्यक रहेकाे कम्पनीले जनाएको छ। ४२.५ किलाेवाट माेटर पावर र १४३ एनएमकाे टर्ककाे सिट्राेन ईसिथ्रिमा २९.२ केडबल्युएच ब्याट्री रहेकाे छ ।

No description available.

वातावरण मैत्री याे गाडीकाे लाइभ भेरियन्टकाे मूल्य ३२.९९ लाख र फील भेरियन्टकाे भने ३४.९९ लाख छ। ७ वर्षमा १लाख ४० हजार किलोमिटरकाे व्याट्री प्याकमा वारेन्टी रहेकाे र विद्युतीय माेटरमा भने ५ वर्षमा १ लाख किलोमिटर वारेन्टी रहेकाे कम्पनीका प्रतिनिधिले जनाएका छन् ।

याे नयाँ रिलिजले नेपाली ग्राहककाे चाहनालाई पूरा गर्दै उत्कृष्ट बजारीकरण गर्नेमा कम्पनी र शाेरुम बिस्वस्त रहेकाे जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0