२०८०भाद्र २९,शुक्रबार

चितवन, कालिका। खुबै चर्चा बटुल्दै गरेकाे कालिका नगरपालिका स्थित पदमपुरमा जाेडताेडका साथ निर्माण हुदैगरेकाे  चर्चित भवन  भाईरल घर काे निर्माण कार्य विगत एक बर्ष देखि ठप्प भएकाे छ ।

Open photo

Open photo

पूर्खाैली घर गाेरखा भै शान्तिनगर पर्सा चितवनका राजेन्द्र उप्रेतीले बनाउन शुरुगरेकाे साे भिमकाय भवनकाे जाेडाईसम्मकाे कार्य सकिए पनि पलास्टर सहित अन्य सबै काम भने विगत एक बर्ष देखि राेकिएकाे छ।

Open photo

‘ ठुलै उत्साहका साथ भवन बन्दै थियाे , स्थानीय मान्छेहरुले खुबै कामगर्थे तर एक बर्षदेखि काम ठप्प भएकाे छ ‘ उत्तर पट्टीकाे गेट अगाडि घर भएका कुलप्रसाद पाैडेल भन्नुहुन्छ –   याे भवन बन्ने खबर पछि  हामी गाउँलेहरु खुशी थियौँ । भवन बनेर व्यवसायीक रुप लिन थालेपछि गाउँमा चहलपहल बढ्नेछ व्यापार व्यवसायमा पनि थप सहयाेग हुने छ , पर्यटक गाउँमा भित्रने छन् भन्ने आशा थियाे, तर भवन विचमै राेकिदा हल्ला मात्रै भएकाे छ।

नमूनाकाे रुपमा बन्ने भनिएकाे साे भवन झट्ट हेर्दा बास्तवमै नमूना नै देखिन्छ । शुरुमा भन्दा त सँग्रहलय , हाेटल , म्यूजियम बन्ने भनिएकाे हाे तर खै किन राेकियाे थाहा भएन- कुलप्रसादले श्रीखबर अनलाइन सञ्चारसँग कुरा गर्दै भन्नुभयाे ” श्रीकृष्ण नामकाे बाेर्ड टाँसिएको थियाे अहिले कतागयाे खै , नामकाे वाेर्ड हेर्दा र भवनकाे बनावट हेर्दा साहेद धार्मिक स्थलकै रुपमा विकास गर्न खाेजेकाे जस्ताे देखिन्छ ।” एकै पटक ठुलाे लगानीमा जग्गा किने , तुरुन्तै यत्राे विशालकाे भवन बनाउन थालेकाेले कतै आर्थिक समस्या पर्याे कि जस्ताे छ – पाैड्लले भन्नुभयो ।

काठमाडौंमा” खुशी – खुशी ” हाेटल सन्चालन गर्दै आउनुभएका राजेन्द्र उप्रेतीले ” मल्टिप्रपाेज कम्प्लेक्स हुने जहाँ धार्मिक ,आर्थिक , सामाजिक , सास्कृतिक र व्यवसायीक रुपमा याे भवन कालिका नगरबासी र सिङ्गो चितवनकाे चिनारीकाे रुपमा स्थापित हुने याेजना रहेकाे र निर्माणकार्य पुन: सुचारु हुने बताईएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0