२०८०भाद्र २९ , शुक्रबार

रामलाल कुमाल , श्रीखबर प्रतिनिधि

चितवन, कालिका । ५९ अैाँ बाल दिवसकाे अवसरमा कालिका नगरपालिकाले नगरपालिका भित्रका सँपूर्ण आधारभूत तथा माध्यमिक तह एवं सँस्थागत विद्यालयहरुका गत शैक्षिकसत्रमा कक्षा ८ ,एसइइर कक्षा १२ मा उत्कृष्ट अँक ल्याई पास हुने विद्यार्थीहरुलाई नगद सहित प्रमाणपत्र द्वारा सम्मान गर्याे ।

Open photo

Open photo

अटिजम केयर र ह्यान्ड्रिक्याफ्ट इन्टरनेसनलकाे सहकार्यमा सम्पन्न साे सम्मान कार्यक्रममा कक्षा ८ मा उत्कृष्ट घाेषित विद्यार्थीलाई प्रति व्यक्ति रु . ४ हजार र कक्षा दस का उत्कृष्ट विद्यार्थीलाई प्रति व्यक्ति रु. ५ हजारका दरले नगद सहित प्रमाणपत्र द्वारा सम्मान गरिएको थियाे भने एसइईमा उत्कृष्टमा परेका छात्रछात्रालाई जनही रु.५ हजार सहित प्रमाणपत्र द्वारा सम्मान गरिएको थियाे । कार्यक्रममा १२ कक्षा पास गर्दा उत्कृष्टमा परेका विद्यार्थीलाई भने जनही ६ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको थियाे ।

Open photo

उक्त कार्यक्रममा दक्षिण एसियाली खेलकुदमा सहभागी भई विभिन्न पदक हासिल गर्नुहुने कालिका नगरपालिका बासी खेलाडी तथा प्रशिक्षकलाई समेत सम्मान गर्दै जनही ६ हजार नगद र प्रशंसा पत्र द्वारा सम्मान गरिएको थियाे । सम्मानित हुने खेलाडीहरुमा प्रशिक्षक मनाेज थापा, खेलाडी उदय तामाङ ,सुस्मिता तामाङ ,रविना खड्का हुनुहुन्छ ।

साे अवसरमा ३३ जना बालबालिका सहभागी भै वक्तित्वकला तथा चित्रकला प्रतियोगिताकाे समेत आयाेजना गरिएको थियाे । प्रतिस्पर्धामा विजयी प्रतियाेगी विद्यार्थी लाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियाे ।

Open photo

सभामा आफ्नाे धारण राख्दै प्रमुख अतिथि समेत रहनुभएका कालिका नगरपालिका का मेयर बिनाेद रेग्मीले कालिका नगरपालिका आफ्नाे श्राेत साधन र क्षमताले भ्यायसम्म सबै वर्ग र क्षेत्रका बालबालिका हरुकाे शिक्षा , स्वस्थ्य सहितकाे सुरक्षा प्रदान गर्दै सम्भाव्य राेजगारी अवसरहरु सृजना गर्ने तर्फ अग्रसर भैरहेकाे र सबै बालबालिका लाई चेतना सहितको शिक्षाकाे उपलब्ध गराउन विभिन्न सहयाेगी सँस्थाहरुकाे खाजी गर्ने र कार्यक्रमलाई निरन्तरता दिने विषयमा लागिरहेकाे बताउदै सहयाेगी सँस्थाहरुलाई समेत धन्यवाद सहित आभार व्यक्त गर्दै सहयाेगकाे निरन्तरता का लागि अनुराेध समेत गर्नुभएकाे थियाे ।

नगरपालिका शिक्षा समिति सँयाेजक मकरमान श्रेष्ठ काे अध्यक्षतामा सम्पन उक्त कार्यक्रममा नगरपालिका उपप्रमुख  बिमला तामाङ विशिष्ट अतिथि हुनुहुन्थ्यो भने प्रमुख प्रशासकीय अधिकृत ,विभिन्न वडाका जनप्रतिनिधि ,विद्यार्थी , अभिभावक तथा नगरपालिका का कर्मचारी हरुकाे समेत उपस्थिति रहेकाे थियाे ।

‘बालबालिकामा लगानी ,सुनिश्चित भविष्यकाे थालनी ‘ भन्ने मूल नाराका साथ आयाेजित उक्त कार्यक्रमकाे सञ्चालन भने नगरपालिकाका शाखा प्रमुख प्रकाश पाैडेलले गर्नुभएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0