२०८०भाद्र २७,बुधबार

\काठमाडौं । बीमा ऐन २०७१ले बीमा सँस्थानलाई कार्तिक २२ भित्र कम्पनीमा जानका लागि निर्देश गरेपनि साे अनुसारको बाटाेमा जानुअघि गर्नुपर्ने काम भने राष्ट्रिय बीमा सँस्थानले गर्न सकेकाे छैन ।

यही भाद्र २९ गते हुने भनिएकाे सँस्थानकाे विशेष साधारणसभा समेत अनिश्चित भएकाे छ । मन्त्री परिषदले कम्पनी मा जाने निर्णय नगरिदिएकाेले सँस्थानलाई साे दिन विशेष साधारणसभा बस्न बाटाे खुलेकाे भने छैन। सँस्थानले यसअघि भाद्र १५ गते पनि विशेष साधारणसभा बस्न आव्हान गरेपछि हुनभने सकेन ।

बिशेष साधारण सभा सम्बन्धी सुचना

हाल सँस्थानकाे कुल चुक्ता पुँजी २ अर्ब २ कराेड ४८ लाख छ भने कम्पनीमा जानासाथ पुँजी बढाएर ५ अर्ब पुर्याउने छ । कम्पनी रजिस्टारकाे कार्यालयबाट प्रवन्ध पत्र तथा नियमावली समेत स्वीकृत गरी बिधिवत रुपमा सँस्थान कम्पनीमा गएपछि ५ अर्ब हुने चुक्ता पुँजी मध्य ३० प्रतिशत शेयर प्राथमिक शेयरकाे रुपमा निस्कासन हुनुपर्ने सँस्थानले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0