२०८०भाद्र१७, आइतबार

बुटवल । एमालेकाे लुम्बिनी प्रदेशमा नेतृत्व लिन हरि रिजाल र राधाकृष्ण कँडेलकाे उम्मेदवारी दर्ता भएकाे छ । सहमतिकाे प्रयास सफल हुन नसकेपछि उम्मेदवारी दर्ताभएकाे अधिवेशनमा बर्दियाबाट प्रतिनिधित्व गर्नुभएका हरिबहादुर अधिकारीले श्रीखबर अनलाइन सञ्चारलाई बताउनुभयो ।

Open photo

पार्टी अध्यक्ष केपी शर्मा वलीले सहमति मै टुङ्याउन निर्देशन दिएकाे भन्ने समाचारका विच अहिले नेतृत्वलाई सर्वसम्मत मा निर्वाचन गर्ने प्रयास भै रहेकाे बताईएकाे छ ।

Open photo

उम्मेदवारी दर्ता भाेली बिहान १० बजेसम्म खुल्ला राखिएको छ । नेतृत्वका लागि दावेदार रिजालकाे उम्मेदवारीमा प्रस्तावक विजयबिराम विष्ट रहेका छन् भने उनलाई बाला सिँह काउछाले समर्थन गरेका छन् । कँडेलकाे समर्थकमा राजुप्रसाद श्रेष्ठ रहेका छन् भने भाेजराज पाेखरेलले समर्थन जनाएका छन् । पाल्पा जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने कँडेल हालका प्रदेश कमिटी अध्यक्ष हुन् भने प्युठानका हरि रिजाल नेकपा एमालेका केन्द्रीय सदस्य हुन् ।

केन्द्रकाे सदस्य पद छाेडेर प्रदेश अध्यक्षका लागि नेताहरु सिँगुरी खेलेपछि प्रदेश अध्यक्षकाे पावरकाे महत्त्व कतिसम्म हुँदाेरहेछ , बर्दियाबाट अधिवेशनका लागि आएका एक प्रतिनिधिले भने । सहमतिमा लैजान बहुपक्षीय काेणबाट अनाैपचारिक छलफल चलिरहेकाे जनाईएकाे छ ।

सहमतिमा लैजान बहुपक्षीय काेणबाट अनाैपचारिक छलफल चलिरहेकाे जनाईएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0