२०८०भाद्र १७ गते ,आईतवार

राष्ट्रिय युवा संघ नेपाल चितवन जिल्ला कमिटीको अध्यक्षमा झलकराज भट्ट निर्वाचित भएका छन् । ‘समस्या युवाहरूको, समाधान राष्ट्रिय युवा संघ’को भन्ने नाराका साथ युवा संघको शुक्रबार भएको १०औ जिल्ला अधिवेशनबाट भट्टको नेतृत्वमा ७५ सदस्यिय नयाँ जिल्ला कमिटी गठन भएको हो ।

जिल्ला कमिटीको उपाध्यक्षमा मधुपर्क श्रेष्ठ (सन्तोष), सचिवमा उत्तम सेडाई, उपसचिवमा नेकराज घले (राज) र पुर्ण महतो (निशान) र कोषाध्यक्षमा लक्ष्मी खत्री (खिमा) निर्वाचित भएका छन् ।

अधिवेशनबाट रचनात्मक क्रियाकलाप प्रमुखमा बिदुर थापामगर, साइबर सर्कल प्रमुखमा सुबास सिलवाल र युथ फोर्स उपप्रमुखमा मुन्ना मिया निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0