०८० भाद्र १६, शनिबार
चितवन । मुलथलाे गाेरखा भै हाल चितवनको विभिन्न स्थानमा रहि पत्रकारिता कर्ममा सँलग्न रहेका पत्रकारहरु बिच पारिवारिक सद्भाव र मित्रतामा थप एकताबद्ध हुँदै पत्रकारिता सहित व्यवहारिक जिन्दगीलाई नजिक्याउने उद्धेश्यले ‘ गाेरखा चितवन पत्रकार समाज’ गठन भएको छ ।
चितवन त्यसै पनि गाेरखाबाट बसाइँ सरिआउने मानिसहरुकाे बाक्लाे बस्ति रहेकाे जिल्ला हाे ।  चितवनमा पत्रकारिता कर्म गरिरहेका मध्य करिव ५० काे हाराहारीमा  गाेरखाली पत्रकार रहेकाे तथ्यांक रहेकाे पत्रकार महासँघका चितवन अध्यक्ष समेत रहनुभएका पत्रकार नारायण प्रसाद अधिकारी बताउनुहुन्छ ।
लामाे समयदेखि पत्रकारिता कार्यमा सँलग्न रहनुभएका पाका पत्रकार चिन्तामणी पाैडेल, नारायण अधिकारी , शान्ता अधिकारी , कृष्णप्रसाद खनाल देखि भर्खरै पत्रकारिता कर्ममा लाग्दै गरेका युवा पत्रकारकर्मी सम्मकाे उपस्थिति रहेकाे

भेलाले भाद्र १६ गते धावन पाटी प्यालेसकाे गण्डकी सभाहलमा सम्पन्न भेलाले पत्रकार नविनबाबु मरहट्टाकाे सँयाेजकत्वमा ९ सदस्य ‘ गाेरखा चितवन पत्रकार समाज’ काे तदर्थ समिति गठन गरेकाे छ । समितिका सदस्यहरुमा शान्ता अधिकारी, रवि भट्ट राेसी ,लक्ष्मी, ढकाल,सनद अधिकारी,सुनिल पराजुली ,रवि रेग्मी , तुलमान गुरुङ ,सराेज उपरकाेटी रहेका छन्। समितिले आगामी दिनमा बृहद भेलाकाेआयाेजना गरि कार्यक्रम तयार पार्नुका साथै समाजकाे सँस्था दर्ता प्रकृयाका लागि आवस्यक परामर्श र छलफल थालनी गरिने नवनिर्मित समाजका अध्यक्ष नविनबाबु मरहट्टाले बताउनुभयो । गठित समाज नितान्त समाजिक एकता र सद्भावमा केद्रित रहि गाेरखाली चितवने पत्रकारहरुकाे साझा र गाैरवपूर्ण थलाेकाे रुपमा विकाश गरिने पत्रकार कृष्ण खनालले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0