२०८०भाद्र १५, शुक्रबार

रामलाल कुमाल ,चितवन । नेकपा एमाले निकट युवाहरुकाे सँगठन ‘ युवा सँघ ‘ चितवनकाे १० अैाँ अधिवेशन कालिका नगरपालिकामा सम्पन्न भएकाे छ ।

अधिवेशनकाे उद्घाटन नेकपा एमालेका पाेलिटव्यूराे सदस्य तथा पूर्व उद्योग मन्त्री महेश बस्नेतले गरेका हुन् । प्रमुख अतिथि समेत रहेका उनले अधिवेशनकाे उद्घाटन पछि मन्तव्यका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी र साे पार्टीका अध्यक्ष रवि लामिछाने प्रति इँकित गर्दै साे पार्टीको एमसिसिकाे विषयमा आधिकारिक धारणा के हाे भनी सार्वजनिक प्रश्न गरेका थिए । उनले साे पार्टीले २-२ पटकसम्म विद्या देवी भण्डारीले रास्ट्रपति हुँदा फिर्ता पठाएको नागरिकता विधेयक वर्तमान रास्ट्रपति रामचन्द्र पाैडेलले प्रमाणीकरण गरेकाे विषयमा समेत धारणा माग गरेका थिए । अमेरिकी भक्तकाे रुपमा उभिएको एमसिसिकाे पक्षमा क्याम्पिन समेत गर्ने याेजनाकार मध्यकाे एउटा मान्छे अहिले रवि जीकाे पार्टीको दाेश्राे ठुलाे नेता भएका छन् । लाईन समेत प्रष्ट नभएकाे भन्दै रविलाई गाई गाेरु काट्न , मार्न कानुन द्वारा बर्जित छ भन्न समेत १५ दिन कुर्नुपरेकाे भन्दै बस्नेतले भने -नेकपा एमालेले जित्दा गाउँ समाजले राहत महशुस गर्छ।

Open photo

एमालेकाे बर्चस्व रहदै आएकाे चितवनमा हाल प्रतिनिधि सभाकाे तीनवटै क्षेत्रमा प्रत्यक्ष तर्फ साम्सद भने अर्को पार्टीका छन् । रवि लामिछानेले दाेश्राे पटक पनि अझ बढि मत ले विजयी भएका छन् ।

अधिवेशनकाे भव्य सफलताकाे शुभकामना दिदै बस्नेतले आफ्ना युवाहरुलाई बैचारिक रुपले समेत प्रष्ट हुन र युवा जनशक्तिलाई रचनात्मक काममा लाग्न समेत सुझाए । युवा नेता अस्मिन घिमिरे द्वारा स्वागत गरिएकाे साे सभामा नेकपा एमाले जिल्ला चितवनका माेर्चाफाँट प्रमुख तथा जिल्ला उपाध्यक्ष कमल पाठक, केन्द्रीय युवा नेता क्षितिज थेवे पार्टी केन्द्रीय सदस्य तथा प्रदेश साम्सद जगन्नाथ थपलिया लगाएतका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए भने युवा सँघका चितवन सँयाेजक शँकर अधिकारीकाे अध्यक्षतामा सन्चालित थियाे ।

अधिवेशनले युवा सँघ चितवनकाे नयाँ कार्यसमिति चयन गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0