आईतवार २४,असार २०८०

चितवन/ सदस्यता नवीकरण तथा नयाँ सदस्यता सिफारिसमा बदनियत भएकाे भन्दै  असार २३ गते पत्रकार महासँघकाे कार्यालय भरतपुरमा तालाबन्दी भएको छ। तालाबन्दी गर्नुअघि प्रेस चाैतारी नेपाल चितवनले एक प्रेस विज्ञाप्ती समेत जारी गरि विराेध जनाएको थियाे ।

अनिस्चित समयका लागि लगाईएकाे तालाबन्दी  पछि प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य तथा चितवन ईन्चार्ज प्रतिमा सिलवालले महासँघले नविकरण र नयाँ सदस्यताका लागि प्रदेशमा पठाएको सुची अव्यावहारिक र वदनीयतपूर्ण भएकाले साे  खारेज गर्दै क्रियाशील पत्रकारहरुकाे सदस्यता नविकरण हुनुपर्ने बताउनुभयाे ।

महासँघ चितवन शाखाले सिफारिस गरि बागमती समितिमा पठाएको नयाँ सदस्यता र नविकरण विवरण प्रदेशले असार २१ गते सार्वजनिक गरेकाे प्रति प्रेस चाैतारी नेपाल चितवनकाे गम्भीरता ध्यानाकर्षण भएकाे भन्दै अध्यक्ष सुवास पण्डित द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएकाेछ – ”   ” । कृयाशिल पत्रकारहरुकाे नविकरणमा बदनीयतपूर्ण सिफारिस गरिएको भन्दै प्रेस चाैतारी नेपालीका केन्द्रीय सदस्य तीर्थ नेपालले सरकारले नै उत्कृष्ट भनी सम्मान गरिएका लेखक समालोचक देखि जिन्दगीभर लेख, रचना तथा पत्रकारिता गरिरहेका सदस्यलाई उमेरकाे कारण देखाई नविकरणबाट बन्चित गराउने जुन काम महासँघ चितवनले सिफारिस नगरेर गर्याे याे बदनियतपूर्ण रहेकाे बताउनुभएकाे छ ।

यसैबीच प्रेेस चाैतारी नेपाल बागमती प्रदेश कमिटीले समेत सत्ताकाे दम्भसँगै महासँघकाे सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरणमा समेत बदनियतपूर्ण व्यबहार गरेकाे प्रति गम्भीर ध्यानाकर्षण भएकाे भन्दै प्रेस विज्ञप्ति जारी गरेकाे छ ।

Open photo

महासँघले नै ०७७-८० सालसम्मकाे नविकरण शुल्क लिदाकैबखत कागज प्रमाणहरुका आधारमा नविकरण दस्तुर लिएकाे राताे रसिद भने यस अघि नै दिईसकेकाे छ । रसिद पाएका पत्रकार नै नविकरणमा भने परेकाछैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0