साेमबार २५ असार २०८०

चितवन/कृयाशील पत्रकार देखि पत्रकारिता जगतमा पत्रकार महाँसँघकाे स्थापना कालदेखि नै महत्त्वपूर्ण याेगदान गरेका सम्मानित पत्रकारहरुकाे याेगदानकाे मुल्यांकनकाे त परैजाओस् उमेर तथा अनेक बहाना लगाएर महासँघकाे सदस्यबाटै हटाईने प्रपञ्चका साथ पत्रकार महासँघ चितवनले सदस्यता नविकरण गर्न महासँघकाे प्रदेश कार्यालयलाई सिफारिस गर्दा वदनीयतपूर्ण तरिकाले नाम हटाएकाे बिराेधमा प्रेस चाैतारी नेपाल चितवनले पत्रकार महासँघकाे कार्यालयमा तालाबन्दी गरेपछि चितवनकाे माहाेल थप तरँगित बनेकाे छ ।

प्रेस चाैतारी नेपाल चितवन तथा बागमती प्रदेश कमिटीले समेत याे कदम बदनीयतपूर्ण रहेकाे ठहरगर्दै प्रेस विज्ञप्ति द्वारा विराेध जनाएको छ। साेहि विषयलाई लिएर पत्रकार महासँघ चितवनका पूर्व अध्यक्षहरुले एक सँयुक्त प्रेस विज्ञप्ति जारी गर्दै समस्यालाई सम्मानजनक रुपले समाधान गर्न अपिल गरिएको पत्रकार महासँघका पूर्व अध्यक्ष जनक अर्यालले बताउनुभयो ।

Open photo

हाल नविकरणमा नपरेका पत्रकारहरुकाे समेत महासँघले सदस्यता शुल्कबापत रकम लिई यस अघि नै नविकरण गरिएकाे रसिद भने थमाईसकेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0