२असार २०८०, शनिबार ।

हरि अधिकरी

बाँके/ बाँके को खजुरा बजार सडक अस्तब्यस्त र जीर्ण बन्दै गरेकोले खजुराबासले सडकको स्तर उन्नतिको माग गर्दै एक घन्टा चक्काजाम गरेका छन ।

खजुरा बजार बाँके जिल्ला कै दोस्रो ब्यापारिक केन्द्र ले परिचित हुँदै गर्दा हाल सडकको अस्तब्यस्तताको कारण हरेक गतिविधि सुस्ताएको स्थानीयहरु बताउँछन्।

एकतर्फी बाटो बन्ने भयो भनेर चारबर्ष यता देखि हर्षित खजुराबासी यतिखेर स्थानीय, प्रदेश सरकार र केन्द्रिय सरकर ले आलटाल गरि विभिन्न चक्कर मा १८सय मिटर बाटो पनि बनाउन नसकेको भन्दै स्थानीयहरु सडक मा उत्रिएका हुन । स्थानीय सरकारले भने बाटोको विषयमा प्रदेश र केन्द्र समेतलाई जानकारी पठाइ सकेको जानकरी दिएको छ ।

याे सडक बाँके जिल्लाको ३ न क्षेत्र कै मुख्य बजार को रूपमा रहनु को साथै बर्दिया जोडने मुख्य बाटो को रूपमा रहेको उक्त बाटो नबन्दा आर्थिक सामाजिक रुपमै ठुलाे नकारात्मक असर परेकाले याे सडक जबसम्म बन्दैन तब सम्म स्थानीयले यसरी नै दवाब दिई रहने चेतावनी समेत दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0