३ असार २०८०, आइतबार ।

चितवन भरतपुर महानगरपालिकाकाे निर्णय भन्दै भरतपुरकाे ११ र १२ काे सिमानामा पर्ने आन्तरिक राजश्व कार्यालय देखि घाेलबजार हुँदै जङ्गल जाेड्ने बाटाेलाई बिस्तार गर्ने नाममा बाटाेकाे दायाँबायाँ चिन्ह लागिएकाे छ ।

२०५२ सालमा कायम गरिएकाे ९ मिटर बाटाेकाे क्षेत्रफललाई विज्ञहरूको सल्लाह भन्दै २०७० सालमा ११ मिटर कायम भै घरजग्गा नक्सा पास हुदै आईरहेकाेमा फेरि नयाँ अवधारणा भन्दै महानगरले विभिन्न बाटाेहरुकाे आफुखुशी क्षेत्र बढाएकाे बाटाे पिडित बताउँछन् । महानगरले पटकपटक माईकिङ गरि बढाईएकाे क्षेत्रकाे जग्गा,घरटहरा खालीगर्न दवाव दिएपछि जनताहरु आन्दाेलित भएका छन् ।

महानगरले सम्भवै नहुनेगरि १२ मिटर देखि कतै २० मिटर फराकिलो हुनेगरि गरेकाे निर्णय कार्यान्वयन गराउन खाेजेपछि भने जनताले बिराेध जनाएका हुन् ।

जनताकाे बिराेध पछि वडा अध्यक्षकाे पहलमा महानगरपालिकाका सम्बन्धित कर्मचारी र स्थानीय जनता बिच पटकपटक छलफल भएकाे र भरतपुरकाे ११ नम्वर र १२ नम्बर वडाले आफ्ना प्रत्यक टाेल बिकास सँस्थालाई आफ्नो घर अगाडिको बाटाे हाल कति मिटरको छ र कति मिटर थप बढाउन सकिन्छ टाेल कमिटीबाट लिखित रुपमा पास गरि वडा कार्यालयमा बुझाउन जानकारी समेत गरेकाे थियाे ।

वडा नम्वर ११ का सबै २७ वटै टाेलले लिखित रुपमा विवरण पठाएको र साे विवरण वडा कार्यालय मा सुरक्षित रहेकाे वडा अध्यक्ष कमल मल्ल बताउनुहुन्छ ।

महानगरले वडाबाटै आएकाे प्रतिवेदन र विवरण कै आधारमा वडाका बाटाहरुकाे चाैडाई निर्धारण हुने बताएपछि ११ नम्वर वडाले राजु पाैडेलकाे सँयाेजकत्वमा ९ सदस्य बाटाे व्यवस्थापनका लागि सुझाव समिति समेत गठन गरेकाे थियाे ।

समितिले विभिन्न काेणबाट छलफल गरि राज्यले खाली जग्गामा प्लानिङ गरेजसरी घर तथा नालाहरु बनिसकेको बाटाेमा समेत सडक बिस्तार गर्दा धेरै सँरचना भत्कने र मूल सडकमा निस्कने विभिन्न स्थानबाट बैकल्पिक बाटाेहरु समेत बनिसकेकोले भएका सडकहरुलाई नाला सहितकाे व्यवस्थित बनाउन पहलगर्ने र अत्यावश्यक बाटाेहरुलाई केही बढाउन सहमति दिने गरि लिखित रुपमा सुझाव दिएकाे सुझाव समितिले जनाएको छ ।

महानगरले ३ दिन अघिमात्रै सुझाव समितिले दिएकाे सुझाव भन्दा धेरै चाैडाइ बढ्ने गरि माईकिङ गर्नुकाे साथै वडाका प्राविधिक र महानगरका प्राबिधिककाे टाेलीले मार्किङ समेत गरेकाे वडावासीहरु बताउँछन् ।

बिषय के भएकाे हाे भनी जिज्ञासा राख्दा श्रीखबर समाचारसँग कुरागर्दै वडा नम्बर ११ का वडा अध्यक्ष कमल मल्लले भने- हामीलाई प्राप्त टाेल टाेलबाट र सुझाव समितिले दिएकाे लिखित सुझावहरु वडा कार्यालयमा सुरक्षित छन् । हामीले सुझावकै आधारमा महानगरलाई साेहि बमोजिम निर्णय गरिदिन अनुराेध गरेका छाैँ । तर महानगर ७१/७२ सालकाे कुरा गरेर हाम्राे कुरै सुन्दैन ।” मल्ल भन्नुहुन्छ ” महानगरले हामीलाई पँगुमात्रै बनाउँछ, कहिलेकाहीँ त सामुहिक राजिनामा नै दिउँजस्ताे लाग्छ ।”

एक जिज्ञाशामा अध्यक्ष मल्लले भने “जनताले खाई नखाई जाेडेकाे नम्मरी घरजग्गामा महानगर वा कसैकाे डाेजर चलाउने अधिकार हुँदैन । अनधिकृत सँरचना भत्काउनु वा भत्काउन लगाउनु अर्कै कुरा हाे । जनताले खुशीले राज्यलाई आफ्नो जग्गाकाे हकै दिने एउटा तरिका हाे । जनता आफैँ खुशी र जागरुक भए हस्तक्षप भन्ने कुरै आउँदैन । जनताले खुशी ले बाटाे बढाउन सहयाेग गर्ने वातावरण तयार पार्नुपर्ने अध्यक्ष मल्लकाे राय छ ।

चित्त नबुझेकाे बिषयमा महानगरसँग छलफल गर्नुपर्ने र कथम् जनताले चित्त नबुझाएमा उसले आफ्नाे हकअधिकारकाे रक्षाका लागि मर्कापरेकाे विषय खाेलेर अदालतसम्म पनि न्याय माग्न जानसक्ने कानुनी बाटाे रहेकाे प्रति सचेत गर्ने अध्यक्ष मल्लले भने सकेसम्म महानगरले नागरिककाे समस्या हलगर्न पहल अग्रसरता देखाउनुपर्ने छ ।

महानगरले ताेकेकाे विभिन्न सडककाे विभिन्न मापदण्डलाई भने निकाश र अैाचित्यकाे आधारमा भन्दा पनि साेलाेडाेलाे राख्न कसले सल्लाह दियाे भन्ने जिज्ञासामा भने अध्यक्ष त्यति बाेल्न चाहनुभएन ।

महानगरले जारिगरेकाे सूचना अनुसार आन्तरिक राजश्व देखि घाेलचाेक हुँदै जँगल जँगल जाेड्नेबाटाे १६ मिटर, विशाल चाेक हुँदै पदमपुर जाने सडक र बसेनी पूर्व सडक २० मिटरकाे रहने बताईएकाे छ भने वडालाई सुझाव दिन बनेकाे समितिले आन्तरिक पूर्वकाे सडकलाई नालासहित ११ मिटर र विशालचाेक र बसेनी पुर्वका बाटाेहरु १२ मिटर अन्यबाटाेहरु समेत टाेलबाट प्राप्त विवरणकै आधारमा बन्नुपर्ने र ढलमाथि पैदलमार्ग बनाउन सुझाएकाे समितिका एक सदस्यले बताए ।

अध्यक्ष कमल मल्ल हाल आँखा उपचारको सिलसिलामा केहीदिन देखि बिदामा बसि उपचाररत हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0