१ असार २०८०, शुक्रबार ।

चितवन / प्रेस चाैतारी नेपालकाे इतिहासमै पहिलो पटक चितवनले सुविधा सम्पन्न भवन निर्माण गर्दैछ । भवन ३ ढलान र आधा हुनेछ। भवन भित्र बैठक काेठा देखि अफिसियल कक्षसम्म हुने छ भने बाहिरबाट आउनुहुने पत्रकार साथीहरूका लागि बस्नका लागि आवासीय कक्ष समेत हुने चाैतारी चितवनका अध्यक्ष सुवास पण्डितले बताउनुभयो ।

भरतपुरकाे ११ नम्बर वडामा निर्माण भैरहेकाे करिव ७० लाख रुपैयाँ पर्ने १० धुर क्षेत्रफलमा निर्माणाधीन भवनकाे जग्गा भने जग्गा व्यवसायी तथा समाजसेवी केशव कार्कीले सहयाेग स्वरुप प्रदान गर्नुभएकाे हाे ।

असारकाे दाेश्राे साता सम्ममा पहिलाे ढलान गर्ने गरि तिव्र रुपमा काम भैरहेकाे साे भवन सम्पन्न गर्नका लागि आवस्यक रकमहरु जुट्नेक्रम ह्वात्तै बढेकाे अध्यक्ष पण्डित बताउँनुहुन्छ ।

हामीले विभिन्न सँघ सँस्थाकाे सहयाेग त पाएकैछाैँ साथमा हामीलाई कुनै ,पार्टी वा सँस्था नभनीकन खुल्ला मनले धेरै व्यक्ति तथा सँस्थाले सहयोग गरिरहनु भएकाे छ ।उदारभावले सहयाेग गरिरहनुहुने सबैप्रति सँस्थाकाे तर्फबाट हार्दिक आभार छ – अध्यक्ष पण्डितले भन्नुभयो ।

भवन निर्माण कार्यका लागि सहयाेगकाे हात दिनेहरुकाे सँख्या बढ्दै गैरहेकाे र यसै हप्ता मात्रै धेरै साथीहरूले आर्थिक सहयाेग गर्नुभएको भवन निर्माण समितिले जनाएको छ । हालै आर्थिक सहयोग गर्नेहरुमा पत्रकार सुनिता हमाल, हेमकुमार पाठक देखि प्रेस चाैतारीका केन्द्रीय सदस्य तथा काेशी सह-इन्चार्ज हरिबाेल आचार्य सम्मले सहयोग गरिसक्नुभएकाे जनाईएकाे छ । यसैगरि एमालेका युवा नेताहरु नारायण खनाल र ऋषि रेग्मीले समेत आर्थिक सहयाेग गरिसक्नुभएकाे अध्यक्ष पण्डितले जानकारी दिनुभयाे ।

अध्यक्ष पण्डितका अनुसार चितवनमा सदस्यता रहनुभएका प्रेस चाैतारी नेपालका साथीहरूले अझबढि आर्थिक सहयाेग गर्ने याेजना बनिरहेकाे र सक्ने सदस्य साथीहरूले जनही ५ हजार र साे अनुकुल हुन नसकेका साथीहरूले यथासम्भव सहयाेग गर्नसमेत अनुराेध गरिएको छ ।

भवन निर्माणका लागि आर्थिक सँकलन गर्न चितवन शाखाले टिकटमा आधारित भव्य “चाैतारी साँझ” सम्पन्न गरि केही अर्थ सँकलन समेत गरेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0