३१ जेष्ठ २०८०,बुधबार ।

भरतपुर ११ र १२ काे सिमानामा पर्ने आन्तरिक राजश्व कार्यालय पूर्व जागृति चाेक हुँदै जँगल जाेड्नेबाटाे बिस्तारकाे प्रकृया अघि बढेकाे छ ।

आज वडा नम्बर ११ र १२ का ईन्जिनियर, प्रविधिक काे साथमा जनप्रतिनिधिहरुका साथमा आएका महानगरका ईन्जिनियरले बाटाे बढाउन दुबैतर्फ मार्किङ लगाएपछि बाटाे बढ्ने प्रकृया अगाडि बढेकाे १२ नम्बरका वडा अध्यक्ष हरि पन्तले बताए ।

महानगरकाे विज्ञ टाेलीले साे बाटाेलाई १६ मिटर कायम गर्ने कसरत गरेकाेमा आवस्यकता र क्षेतीकाे आँकलन गरि महानगरले १२ मिटर कायम गर्न पहल गरेकाे ईन्जिनियर किरणले बताए ।

साे बाटाे हाल नाला सहित ९ मिटर छ भने बाटाे बिस्तार भएपछि १२ मिटरकाे हुनेछ ।

उक्त बाटाेकाे बाईपास निस्कने चाेक तर्फ भने घर नभत्किदा सम्म कुनैपनि हालतमा १२ बन्न नसक्ने देखिएकाे वडा प्रतिनिधि नै बताउँछन् । साे बाटाेकाे मुखमा अहिले पनि नक्सा बेगर कै भए पनि ९ मिटर मात्रै देखिन्छ ।

स्थानीय घरजग्गा धनी भने भैरहेकाे बाटाे भत्काउने तर बनाउने याेजना कुनै नभएकाेमा आक्राेशित रहेका छन् ।

लामाे समय नगरपालिकामा सेवा गरि निस्कनुभएका पुराना बासिन्दा ई.भाेजराज काैडाल भन्नुहुन्छ ” भैरहेकाे सँरचना भत्काउने तर यसलाई व्यवस्थित बनाउजे, साईट वाककाे कुनै याेजना र वाटाेलाई सहज र शुन्दरता निर्माण गर्ने याेजनै बिना नगरपालिकाले जनतालाई दु:ख दिएकाेमा चित्त भने बुझेकाे छैन ।

भरतपुरका विभिन्न स्थानका सडकहरुलाई विज्ञ समुहकाे सिफारिसका नाममा जनताकाे राय सल्लाह बिनै बाटाेहरु विस्तार गर्ने याेजना बनाएकाेमा स्थानीय जनप्रतिनिधि समेत सन्तुष्ट नभएकाे भरतपुर ११ का वडा अध्यक्ष कमल मल्ल बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0