×
शुक्रबार, भदौ १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

लोकप्रिय समाचार

  • १. सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २. रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३. नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४. चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५. नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६. बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

  • ७. खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ८. चितवनमा शव पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान, गर्मीका कारण व्यवस्थापनमा समस्या

  • ९. नेपाल पत्रकार महासँघ चितवनकाे विज्ञप्ति : समाचार सँकलनमा गएका पत्रकारलाई अवरोध,क्यामरा खाेसियाे,फाेटाे हटाइयाे

  • १०. ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

दुई तिहाई सांसदलाई थाहै नदिई अर्थ समितिको किर्ते निर्णय, सांसद भन्छन्– लाइसेन्स रोक्ने निर्णय हामीलाई नै थाहा छैन


३१ जेठ, चितवन।

Advertisement

अर्थ समितिले आफ्नो बहुमत सदस्यलाई थाहै नदिई नयाँ ब्रोकर लाइसेन्स रोक्ने निर्णय गरेको पत्ता लागेको छ ।

अर्थसमितिमा सुरुमा सबैलाई हाजिरी गराएर दुई तिहाईभन्दा बढी संसदहरु हिडिसकेपछि समितिका सभापति (जेष्ठताको आधारमा) सांसद सन्तोष चालिसे, सांसद पदम गिरीलगायत केही सांसद र अर्थ समितिका कर्मचारीलगायतकोे मिलेमत्तोमा केही स्वार्थी समुहको प्रलोभनमा परी नयाँ ब्रोकर लाईसेन्स रोक्न निर्देशन दिएको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

‘सोमबार सामसामयिक विषयमा छलफल गर्ने भन्दै बैंठक बोलाईयो र निर्धारित समयभन्दा २ घण्टा ढिलो गरी बैंठक सुरु भयो, बैठक सुरु भएपछि हामीलाई हाजिर गराएर अध्ययनका लागि भन्दै एउटा पत्र बाडियो तर त्यस विषयमा कुनै छलफल भएन,’ अर्थ समितिका एक सांसदले भने, ‘तर पछि संचार माध्ययम र सामाजिक संजालबाट अर्थ समितिले ब्रोकर लाईसेन्स रोक्न निर्देशन दियो भन्ने थाहा पाईयो ।’ साथै सोमबार कुनै पनि छलफल नगराई धेरै सांसद हिडिसकेपछि स्वार्थ केन्द्रित रुपमा ब्रोकर लाईसेन्स रोक्ने निर्णय गरिएको समेत ती सांसदले जानकारी दिए ।

साथै अर्थ समितिका सिमित सांसदले सर्वोच्चको निर्णय र सेयर लगानीकर्ताहरुको ठूलो जमातलाई असर पर्ने निर्णय गर्दा त्यसले निर्णयमा सामेल नभएका सांसदहरुलाई समेत नकारात्मक असर पुगेको ती सांसदले जानकारी दिए । ‘अर्थ समितिका सभापति र केही सांसदले हामीलाई जानकारी नदिई छलफलनै नगरी ब्रोकर लाईसेन्स रोक्न भन्दै निर्देशन दिनुभयो,’ ती सांसदले भने, ‘तर अहिले सामाजिक संजालमा अर्थ समितिका हामी २४ जना सांसदको मोबाईल नम्बर सहितको नाम राखेर यिनीहरुले पैसा लिएर ब्रोकर लाईसेन्स रोक्न निर्णय गरे भन्दै बदनाम गराईरहेका छन् ।’

सर्वोच्चको फैसला अनुरुप धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्स वितरण गरिसकेको अवस्थामा अर्थसमितिले समिति स्वार्थी समुहको प्रलोभनमा परी तत्काललाई उक्त कामनै रोक्नु भनी निर्देशन दिनुले पुँजी बजारको विकासमा ठूलो धक्का लागेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । साथै सामाजिक संजालमार्फत लगानीकर्ताहरुले अर्थसमितिका सिमिति केही सांसदहरुले पैसा लिएर पुराना ब्रोकरको स्वार्थमा सिन्डिकेट लगाउने काम गरेको भन्दै विरोध गरेका छन् ।

यसअघि पनि अर्थ समितिलाई सीमित स्वार्थ समुहको प्रलोभनमा परी तत्काल नयाँ ब्रोकर लाईसेन्स वितरण गर्न नहुने निष्कर्ष निकालेको आरोप लागेको थियो । सोमबार भएको अर्थसमितिले हिजो भएको उक्त निर्देशनले त्यसलाई थप प्रमाणित गरिदिएको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

यसैगरी जेष्ठताका आधारमा अर्थ समितिका सभापतित्व गर्दै आएका नेपाली कांग्रेसका सांसद सन्तोष चालिने भने बोर्डले नियमसंगत गरिकाबाट लाईसेन्स दिएको छ कि छैन भनेर अध्ययन गर्नका लागि तत्कालका लागि कार्यान्यनमा नगर्न निर्देशन दिएको बताउँछन् ।

‘हामीले सर्वोच्च अदातलको बर्खिलाफमा गएर नयाँ ब्रोकर लाईसेन्स रोक्नेगरी निर्देशन दिएका होइनौं,’ बिजखबरसँगको कुराकानीमा उनले भने, ‘अहिले यस विषयमा धेरै कुराहरु आएको छ, म अहिले पनि अर्थ समितिमै सचिवसँग छलफलमा छु केही दिनमै अर्को बैंठक बसेर टुङ्गो लगाउने छौं ।’ साथै अर्थ समितिमा उपस्थित भएर हाजिरी गरिसकेपछि उक्त सांसदहरुले उक्त निर्णयमा हाम्रो संलग्नता छैन भनेर उम्किन नमिल्ने चालिनेको तर्क छ ।

यस्तै अर्थसमितिले पुराना ब्रोकरसँगको साठगाँठका आधारमा नयाँ ब्रोकर लाईसेन्स रोक्न निर्देशन दिएको र निर्देशन दिनुपूर्व उक्त ड्राफ्टनै ब्रोकरसँग सल्लाह गरेर तयार गरिएको आरोप लागेको छ । तर यस विषयमा कुरा गर्दा अर्थ समितिका सचिव रेखा उपाध्याय भने आफुलाई सभापतिज्यूले जे निर्णय लेख्नु भन्नु भयो सोही कुरा लेखेर हस्ताक्षर गरेको बताइन् । ‘मैले सभापतिज्यूले भनेझै निर्णय लेखेर उहाँलाई नै देखाएका हस्ताक्षर गरेको हुँ,’ उनले भनिन्, ‘तर नयाँ ब्रोकर लाइसेन्स रोक्ने निर्णय कसरी भयो भन्ने विषयमा सभापतिज्यूलाई नै सोध्नुहोला ।’

तर अर्थ समितिका अघिकांश सांसदहरुले भने ब्रोकर लाईसेन्स वितरण प्रक्रिया रोक्ने सम्बन्धमा आफुहरुलाई कुनै जानकारी भएको बताउँदै आएका छन् । ‘बैंठक सुरु भएपछि धितोपत्र बोर्डले पठाएको पत्र अध्ययनका लागि भन्दै बाडियो तर समिति भित्र कुनै छलफल भएन,’ ती सांसदले भने, ‘हामी पत्र बोकेर हिड्यौं तर पछि ब्रोकर लाईसेन्स वितरण प्रक्रिया नै रोक्ने भन्दै निर्देशन दिइएछ ।’ समिति व्यक्तिले त्यसरी निर्देशन दिँदा अहिले सामाचार माध्ययमदेखि सामाजिक संजालहरुमा समेत आफ्नो बदनाम भैरहेको उनको गुनासो छ ।

यसैगरी अहिले अर्थ समितिले निहित स्वार्थमा सर्वोच्च अदालतको बर्खिलापमा निर्णय गरेको नयाँ ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले बताए । ‘संविधानको धारा १२८ बमोजिम सम्मानित सर्वोच्च अदालतको निर्णय कार्यान्वयन गर्ने दायित्व जनप्रतिनिधि लगायत सबै निकायको रहन्छ,’ उनले भने, ‘पुँजी बजारमा भएको यति ठूलो प्रगतिलाई रोक्न सिमित व्यक्तिको स्वार्थमा गरिएको अर्थ समितिको यस्तो पूर्वाग्रही निर्देशनलाई तत्काल खारेज गरिनुपर्छ ।’

बुधबार, जेठ ३१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,
सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह
खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?
३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न
‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही
सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

लोकप्रिय

  • १.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३.
    नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५.
    नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

भर्खरै

  • १.
    रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,

  • २.
    सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

  • ३.
    खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ४.
    ३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

  • ५.
    ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

  • ६.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • ७.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ८.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.