२१ जेष्ठ २०८०आईतवार ।
चितवनकै केन्द्र भागमा रहेकाे भरतपुरकाे ११ नम्बरको वडामा विवाह दर्ता गराउने भन्दा कैयौं गुणा धेरैले जन्मदर्ता गराएका छन् ।आ व ८०/८१ का लागि याेजना बनाउन आयाेजित वडा भेलामा प्रस्तुत तथ्यले यस्ताे देखाएको हाे । गत वर्षमा यस वडामा कूल २ सय १२ जाेडीले विवाह दर्ता गराएकाेमा जन्मदर्ता भने १२ सय ४८ जनाले जन्मदर्ता गराएका थिए । साे वर्ष वडामा ५ सय ५२ जनाकाे मृत्युु दर्ता भएका थिए ।

गत बर्ष ३८ जाेडीले सम्बन्ध विच्छेद गराएकाे वडा सचिव द्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।भरतपुरकाे ११ नम्बर उपत्यका बाहिरको सबैभन्दा धेरै जनसंख्या रहेकाे वडा हाे । यश वडामा बेजिल्लाबाट बसाई सरेर आउने जत्तिकै जिल्ला भित्रैबाट पनि विभिन्न पालिकाबाट बसाइँ सरेर आउनेक्रम बढेकाले पनि जनसंख्याको चाप बढेकाे हाे ।

यस वडाकाे कुनै पनि भूभागबाट बढिमा आधा घण्टा काे यात्रा भित्रमा भरतपुर मा रहेका जिल्लाका सबैजसाे महत्त्वपूर्ण कार्यालय तथा सँघसँस्थामा पुग्नसकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0