२१ जेष्ठ २०८०आईतवार ।

भरतपुरकाे ११ नम्बर महानगरकै सबैभन्दा ठुलाे र चापिलाे जनसंख्या भएकाे वडा हाे । जहाँ करिव ३५ हजार जनसंख्या रहेका छन् । १५ हजारकाे हाराहारीमा मतदाता रहेकाे याे वडाले हरेक निर्वाचनका बखत परिणामलाई प्रभाव पार्नसक्ने सामर्थ्य राख्नेहुनाले याे वडाकाे फेहरिस्त जिल्ला भित्र मात्रै नभै राजधानीका गफचाेकहरुमा विवेचना हुनेगरेकाे जानकारहरु बताउँछन् ।

याे वडामा जति राजश्व उठ्ने गरेकाे छ त्यतिकै हाराहारीमा वडाले सामाजिक शुरक्षण भत्ता वितरण गर्नेगरेकाे तथ्य सार्वजनिक भएकाे छ । आईतवार वडाले आर्थिक वर्ष २०८०/८१का लागि याेजना बनाउन आयाेजना गरेकाे ” वडा भेला कार्यक्रममा साे तथ्य प्रस्तुत गरिएको थियाे ।

वडाले गत आ व .मा राजश्व तर्फ कूल १ कराेड ७४ लाख ८४ हजार ९२० असुली गरेकाेमा साेहि वर्ष नै १ हजार ७३१ जनाका लागि कूल १ करोड ७२ लाख ४९ हजार ३३६ रुपैयाँ सामाजिक शुरक्षण भत्ता वितरण गरेकाे थियाे । वडाले गत वर्ष क्यान्सर,स्पाईनल, मृगौला पीडित गरि १७ जनालाई सहयोग उपलव्ध गराईकाे थियाे ।

सेवाग्राहीकाे असाध्यै चापहुने यस वडाकाे आफ्नै जिर्ण भएकाे भवनमा सेवा प्रवाह गर्नै मुस्किल वडाकाे पहिलाे आन्तरिक समस्या हाे भने डुवानलाई व्यवस्थित गर्नका लागि वडाकाे बीच भएर रहेकाे केरेङ्गा नालालनई व्यवस्थित गर्नु वडाकाे मुख्य कर्तव्य रहेकाे एक अध्ययनले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0