२ जेष्ठ २०८०, साेमबार।

आशिष आचार्य

काठमाडौं / प्रतिनिधि सभाकाे बैठकमा प्रधानमन्त्रीले आफ्नो प्रष्टिकरण दिईरहेका छन् । बैठकमा बा्ल्दै उनले भने ” कालापानी ,लिम्पियाधुरा र लिपुलेक हाम्राे हाे भन्ने बारे प्रष्ट छु र त्यसैलाई स्थापित गरिने दिशामा प्रयत्नशील छु ।

आफुले नेपालकाे भूभागकाे विकल्पमा कुनै अन्य बाटाे र विकल्प प्रस्तुत समेत नगरेकाे उनले बताएका छन् । यसपालिको भ्रमणमा भारतीय प्रधानमन्त्रीले नेपालकाे सम्बन्ध थप मजबुत बनााउने वचन समेत दिएका प्रधानमन्त्रीको जिकिर छ ।

प्रधानमन्त्रीकाे प्रष्टिकरणबाट चित्त नबुझाएका एमालेका नेता तथा सभाषद याेगेश भट्टराईले सभामा भने “आफू बुँदा बुँदामा बहस गर्न तयार भएकाले प्रधानमन्त्रीलाई झ्वाक देखाउने छुट छैन । ”

स्मरण रहाेस् भारतले आफ्नै आन्तरिक प्रस्तुतिमा भने उसकाे अखण्ड अवधारणामा नेपालकाे लुम्बिनी क्षेत्रकाे महत्त्वपूर्ण भूभागलाई नामाङ्गकन गरेकाे छ । भारत भ्रमणमा रहदाका बखत नेपाली प्रधानमन्त्रीले नेपाली स्वाभिमानकाे कुरा किन बाेलेनन् भन्ने आवाज समेत उठिरहेकाे छ ।

प्रधानमन्त्री भारत उड्डनु केहिघण्टा अधिमात्रै रास्ट्रपतिले नागरिकता विधेयक प्रमा्णिकरण गरेका थिए । याे विधयक अघिल्लो सम्सदले पास गरेकाे तर अघिल्लो रास्ट्रपतिले फिर्ता पठाएकाे विधयक हाे ।

अहिलेका सम्सद धैरै नयाँ अनुहारका छन् भने सभामुख पनि अर्के हुन् । रास्ट्रपतिकाे निर्णय अब अदालतकाे क्षेत्राधिकार भित्र परिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0