Open photo

२०८० बैशाख १९

काठमाडौ /मतदाताकाे राय केहिसमय प्रतिपक्षमै बसेर काम गर्न सुझाएकाे भनिए पनि राष्ट्रिय स्वतन्त्र पार्टी भने अनुकुल बाताबरण बनाएर जतिसक्दो छिटो सरकारमा जान तयार रहेकाे देखिन्छ।

२ दिन अघि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका रास्वपाका अध्यक्ष रवि लामिछानेले आज फेरि नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग भेटबार्ता गरेका छन् ।यद्यपि शुक्रबारकाे बैठकले नै सरकारमा जाने नजाने बारेमा निर्णय लिने बताए पनि सरकारमा जाने बाताबरणलाई कसरी अनुकूल बनाउन सकिन्छ त्यसकाे खाेजीमा रवि लामिछानेको ध्यान गएकाे देखिन्छ ।सकेसम्म छिट्टै सरकारमा रास्वपा ल्याउनु नै आफुलाई हितकर हुने बुझेका प्रचण्ड समेत रवि लामिछानेको पार्टीलाई सरकारमा सामेल गराउने उपाएकाे खाेजीमा रहेका छन् ।प्रतिपक्षमा बस्दा ठूलाे पार्टी एमालेकाे सेप लाग्नुभन्दा आफुलाई दराेरुपमा सरकारमा टेकाउनु हितकार हुने रास्वपाकाे बुझाईरहेकाे हुनसक्छ।

सरकारमा जान रास्वपाले ४ वटा प्रस्तावपूर्ण मागहरु अघिसारेकाे देखिन्छ । पहिलाे सर्तमै उसले आफुले विगतमा लिएका मन्त्रालयहरु आफुले पाउनुपर्ने रहेकाेछ भने काम गर्न क्रममा कुनै पनि हस्तक्षेप हुननहुने देखि पुनः साझा न्यूनतम कार्यक्रमकाे लेखन हुनुपर्ने र सरकारकाे निरन्तरताकाे सूनिस्चितताकाे समेत साैदामा रहेकाे छ। आफुले समालेकाे गृह मन्त्रालय नपाए पछि माघ २२मा सरकार छाडेकाे रास्वपाले थप शक्तिशाली हुँदै उपनिर्वाचनबाट सदनमा पुगेपछि भने सत्ताकाे साैदामा अझ पेचिलाे बनाएर लैजाने याेजनामा रहेकाे देखिन्छ।

प्रधानमन्त्री भने गृह आफ्नै पार्टीसँग राख्ने र सट्टामा मन्त्रालय / मन्त्री दिन समेत राजिभएकाे श्राेतकाे दावि छ। देउवा भने प्रचण्डसँग थप राय लिएर थप भेटघाटमा बस्ने याेजनामा रहेकाे श्राेतले बतायो । प्रतिपक्षमा बस्दा जनताको समस्या र आफ्नाे प्राेफाई दुबैलाई बलियाेसँग समात्न नसकिने हुनाले सरकार प्रवेशवाटै आफ्ना याेजनाकाे बाटाेमा अघिबढ्न रवि लामिछानेकाे राजनैतिक टिम लागेरहेकाे देखिन ।Open photo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0