२०८० बैशाख १०

चितवन/ बिहान ७ बजेबाट शुरुभएकाे मतदान तीनवटै क्षेत्रमा शान्तिपूर्ण तवरले सन्चालन भैरहेका छन्।बाराकाे १ नम्बर क्षेत्रमा समेत शान्तिपूर्ण मतदान भैरहेको हाम्रा प्रतिनिधिले जनाएका छन्।

१ लाख ५५ हजार ११ मतदाता रहेको साे क्षेत्रमा अहिले सम्ममा करिव १५ प्रतिशत मतदान सकिएकाे निर्वाचन श्राेतले जनाएको छ। मतदाता शिक्षा भने प्रभावकारी हुननसकेकाे गुनासाेका बिच मतदानको उत्साहजनक सहभागी भने रहेका प्रतिनिधिले जनाएका छन् ।सुरक्षाकाे समेत प्रभावकारी परिचालन भएकाे वाराका निर्वाचन प्रमुख शरदकुमार चाैधरीले बताए ।

चितवनकाे २ नम्बर क्षेत्रमा अहिलेसम्म करिव २० प्रतिशत मत खसेको जनाईएकाे छ।साे क्षेत्रमा भरतपुर काे २९ नम्बर वडामा १०४ बर्षीया गाैरीमायाँ गुरुङले मतदान गरिन् ।जुगेडीका उनले मतदानमा सहभागी हुन पाएकाेमा गर्भ महशुस गरेकीछन् ।४३ वटा केन्द्रकाे १३८ वटा बुथमा शान्तिपूर्ण मतदान भैरहेकाे सहायक निर्वाचन अधिकारीले बताए

।तनहुँ १ मा समेत निर्वाचन शान्तिपूर्ण तवरले चलिरहेको हाम्रा पश्चिम व्यूराेले जनाएको छ।६९केन्द्रका १५२ बुथमा शान्तिपूर्ण मतदान भैरहे र हाल सम्म २० प्रतिशत मत खसेकाे निर्वाचन श्राेतले बताए ।१ लाख २३ हजार ३ सय ५ मतदाता रहेकाे साे क्षेत्रमा त्रिपक्ष प्रतिस्पर्धा हुने देखिएको छ।

करिव १० बजे भित्रमा मतपेटिका सम्बन्धि सँकलन केन्द्रमा आईपुग्ने र राजनीतिक पार्टीको सहमति मुचुल्का गरि सकेसम्म आजै मतगणना शुरुगरिने निर्वाचन आयाेगले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0