२०७९ चैत्र १०
चितवन / नेकपा एमाले ग्रासरुटअभियान मार्फत आफ्ना तल्ला तहका सँगठन र कार्यकर्ता भेटघाटका लागि देश दाैडाहामा छ ।बिगतमा भए गरिएका गतिविधिकाे बारेमा आफ्ना कार्यकर्ताहरुलाई जानकारी गराउँदै अन्तर पार्टी असन्तुष्टि समेतकाे बारेमा छलफल चलाउन मिसन ग्रासरुट अभियान सन्चालन गरिएको नेकपा एमालेले जनाएको छ।
ग्रासरुट अभियानका लागि यतिखेर केन्द्रीय नेताहरुले जिल्ला जिल्लामा केन्द्रीय नेतृत्व गरिरहेका छन् भने प्रदेश कमिटी र जिल्ला तहका नेताहरु समेत प्रशिक्षणका लागि भूगोलमा खटिएकाे एमालेले जनाएको छ।
एमालेका पाेलिटव्यूराे सदस्य तथा प्रतिनिधि सभाका साम्सद गाेकुल बास्काेटा भने साेहि मिसनका लागि चितवनमा सक्रिय रहेकाे एमाले चितवनले जनाएको छ। एमाले चितवनका अध्यक्ष रामप्रसाद न्याैपानेका अनुसार नेता बास्काेटा केन्द्रबाट भरतपुर महानगर र माडी नगरपालिका भित्र मिसन ग्रासरुट अभियानकाे केन्द्रीय नेतृत्वका लागि चितवन आएपनि चितवनका अन्य पालिकामा समेत सक्रिय छन् ।
नेकपा एमाले भरतपुर ११काे वडा कमिटीले नेता कार्यकर्ताका लागि आयाेजना गरेकाे कार्यकर्ता भेटघाट तथा प्रशिक्षणमा कार्यकर्ताका माझ बाेल्दै ” जता जता मादल बज्यो त्यतै त्यतै नाच्ने छुट अब एमाले नेता कार्यकर्तालाई हुनेछैन ” उनले भने ।
कार्यकर्ता काे लिखित प्रश्नकाे जवाफमा उनले भने ” सँसदीय व्यवस्था विघटन हाे कि सँसद विघटन गरिएको हाे , साथीहरूले बुझ्नुपर्छ । सँसदीय व्यवस्थामा सँसद विघटन हुनसक्छ तर विघटनको मतलव चुनाव नगराउने हुनुहुँदैन ।” उनले भने कम्युनिस्ट आन्दोलनलाई दरवारमा बुझाउने केसरजँग र काङ्ग्रेसलाई बुझाउने माधव नेपाल एउटै प्रवृत्तिका पात्र हुन्। उनले कार्यकर्ता पङ्तिमा भने मुखमा एमाले मन र धारमा अन्त मतहाल्ने कार्यकर्ताकाे पार्टी सदस्यताकाे कुनै अर्थ नहुने भन्दै अब सबैका खुच्चिम सक्किई सकेकाेले हिजाे फिरन्तेका पछि लुसुक्क लागेका साथीहरू फर्कनुस् र हिजाे झ्वाक र टुटफुटकाे निराशामा के के भयाे भयाे छाेड्नुस् । अब बैशाखमा हुने उपनिर्वाचमा विरासत फर्काउनुस् त्यसैमा सबैकाे भलाेहुनेछ , वास्काेटाले भने ।
भरतपुर महानगर काे ११ नम्बर वडा देशकै सबैभन्दा धेरै जनसंख्या भएको वडा हाे जहाँ २५हजार बढि जनसंख्या रहेकोे छ भने करिव १४ हजार मतदात यसै वडामा रहेका छन् । नेकपा एमाले भरतपुर ११ का अनुसार यस वडामा १३सय बढी सँगठित सदस्य रहेका छन् ।गएकाे स्थानीय चुनाव वडामा पुरै प्यानलले जितेको थियाे भने आजसम्म याे वडा एमालेकाे नेतृत्वमा रहेकोे निवर्तमान वडा अध्यक्ष तथा नेकपा एमालेका जिल्ला सदस्य बाबुराम अधिकारीले बताए ।उनी यस वडाका एमालेकाे ईन्चार्ज समेत रहेका छन् । मिसन ग्रासरुट अन्तर्गत यस वडाका ८वटा एमालेका टाेल कमिटीअरुमा टाेलभेला तथा प्रशिक्षण सम्पन्न भै सकेको र जनवर्गीय सँगठनहरुकाे निर्माण तथा बैठकहरु सन्चालन भैसकेको एमालेका भरतपुर ११का अध्यक्ष ईश्वरी पण्डितले बताए । उनका अनुसार निर्धारित समयमै एमाले वडाकमिटिले सवै टाेलमा सँगठनका पुरै गतिविधिहरु पूरागरि सँगठन सुदृढीकरण गरिसक्ने बताएका छन् ।
Open photo
उक्त कार्यकर्ता भेटघाट तथा प्रशिक्षण मा केन्द्रीय ,प्रदेश तथा जिल्ला र स्थानीय तहका नेता कार्यकर्ताहरुकाे उपस्थिति रहेकाे थियाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0