१०७९चैत्र ११
चितवन/ नेपाल पत्रकार महासँघकाे चैत्र १६ गते पर्ने स्थापनाकाे ६८ अैाँ दिवसका साथै नेत्र ज्याेति सँघकाे १८ गते पर्ने स्थापना दिवसको अवसर पारेर चितवनका कृयाशील पत्रकारहरुकाे निःशुुल्क आँखा जाँच सम्पन्न भएकाे।
Open photo
वाईपास स्थित भरतपुर आँखा अस्पतालमा शनिबार आयाेजित शिविरमा पत्रकार महासँघमा आवद्ध १२५ जना चितवनका पत्रकारहरुकाे नि:शुल्क आँखा परिक्षण भएकाे आँखा शिविर कार्यक्रमका सँयाेजक पत्रकार विप्लव काफ्लेले जानकारी दिनुभयो । सँयाेजक काफ्लेका अनुसार शिविरमा चेकअप गराउनुहुने मध्ये २ जना पत्रकारकाे आँखामा मातियाबिन्दु देखिएकाले अप्रेसनका लागि प्रेशित गरिएको छ ।
सारा समय समाज र राष्ट्रका लागि समय खर्चिरहेका पत्रकारहरु आफ्नै आँखा भने के कस्तो अवस्थामा रहेकाे छ समयमै पत्ता लगाउने उद्धेश्यले याे शिविरकाे आयाेजना गरिएको नेपाल पत्रकार महासँघ चितवनका सभापति नारायणप्रसाद अधिकारीले बताउनुभयाे ।
आँखा शिविरकाे उद्घाटनमा बाेल्दै नेपाल नेत्रज्योति सँघ चितवनका सभापति कृष्णराज धरेलले पत्रकार समाजकाे पथ प्रदर्शक समेत रहेकाले वहाँहरु हर हिसाबले स्वस्थ रहन आवस्यक छ भन्दै चितवनका पत्रकारहरुलाई सँस्थाकाे आजिवन सदस्य सरह यस अस्पतालमा उपचार गर्दा लाग्ने खर्चमा महासँघकाे सदस्यताकाे आधारमा ४० प्रतिशत छुट दिने घाेषण गर्नुभयाे।
Open photo
उपचार गराएका मध्य अधिकाम्स पत्रकारहरुकाे दृष्टि दाेष रहेकाे फेला परेकाे उपचारमा सँलग्न डाक्टर सुजनले बताउनुभयो । दृष्टि दाेष भनेकाे कुनै पनि वस्तुलाई राम्ररी ठम्याउन कठिन हुनु हाे ।डाक्टरका  अनुसार पत्रकारहरु अधिकाँस समय विधुतिय उपकरणमा रहेकाले पनि यस्ताे रहेकाे हुनसक्ने बताउदै आफ्ना विधुतिय स्क्रिनहरु आँखा भन्दा तल र २०देखि २६ ईन्चकाे दुरीमा राख्न सुझाउनुभयाे ।
कार्यक्रममा नेपाल नेत्रज्योति सँघका केन्द्रीय उपाध्यक्ष ऋषिराम पाैडेल र अस्पताल प्रशासक दयाशँकर चाैधरी सहित पत्रकार महासँघ चितवनका सभापति नारायणप्रसाद अधिकारी ,सचिव दिपेन्द्र अधिकारी र भुपु तथा निवर्तमान सभापति तथा पदाधिकारी समेतको उपस्थिति रहेकाे थियाे। शिविरमा उपचार गराएका पत्रकारहरुलाई अैाषधी तथा चस्मा नि: शुल्क वितरण गरिएको थियाे भने केही पत्रकारहरुलाई फलाेअपमा समेत राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0