चैत्र २, विज्ञान प्रविधि व्यूराे हेटाैडा

“बर्तमान समयकाे माग,सूचना प्रविधिमा सबै जानकार ” मूल नाराका साथ मकवानपुरको हेटाैडामा बागमती स्तरीय “आईकन सफ्ट क्यान इन्फाेटेक २०२३ ईन एसाेसिएसन विथ एम बैंक “शुरुभएकाे छ।

Open photo

चैत्र २ गते देखि ६ गतेसम्म सन्चालन हुने साे मेलामाकाे मुख्य प्रायाेजक भने आईकन सफ्ट प्रा. लि. रहेको छ भने सह प्रायाेजन एम बैकले गरिरहेकाे छ। साे ईन्फाेटेकमा राेवाट प्रतियोगिता समेत रहने आयाेजकले बताएको छ भने भाेली३ गते साईबर सुरक्षा सम्बन्धि सेमिनार हुनेछ ।

Open photo

कृषि उत्पादन तथा प्रवर्द्धन बिषयमा ४ गते र ५गते भने नेटवर्क तथा सिसिटिभि सम्वन्धी सेमिनार सन्चालन हुने आयाेजकले जनाएको छ। बागमती प्रदेशका सामाजिक बिकास मन्त्री कुमारी माेक्तानले प्रविधिककाे प्रयोग गरि उद्घाटन गर्नुभएको साे प्रदर्शनीमा समाजका शिक्षक, कर्मचारी,आटीका विध्यार्थी,व्यवसायी , सञ्चारकर्मी लगायत विविध व्यक्तिहरुले अवलोकन तथा व्यबसायीक लाभ लिने आयाेजक कम्यूटर एसाेसियसन महासँघ (क्यान महासँघ) मकवानपुर शाखालेकाे अपेक्षा रहेकाे सचिव गाेविन्द चाैलागाईले जनाएका छन् /

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0