चैत २ , चितवन

यसै आर्थिक बर्षमा ५० हजार हेक्टर क्षेत्रफलमा घाँसे मैदान निर्माण गरेकाे चितवन राष्ट्रिय निकुञ्जले १ सय २५ हेक्टरमा घाँसेमैदान व्यवस्थापन गरेकाे जनाएको छ।

Open photo

निकुञ्ज भित्रका जँगली जनावरका लागि व्यवस्थापन गरिएकाे साे कार्यले जँगली जनावरहरुकाे आहार जँगलमै प्राप्त गर्ने अवस्था श्रृजना हुने भएकाले जनावरहरु आहारका लागि वस्तिमा प्रवेश गर्न कमहुने अपेक्षा गरिएकाे निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।

उनका अनुसार व्यवस्थापन कार्यका लागि ३३लाख ७५ हजारकाे बजेटमा कार्य भैरहेको छ।हरेक वर्ष निकुञ्जले सिमसार तथा घाँसे मैदान व्यवस्थापन गर्दै गैरहेकाे जनाएको छ।यसाे हुँदा एकातिर जँगली मिचाहा प्रजातिका झारहरुकाे नियन्त्रण हुनेछ भने अर्काेतर्फ जँगलमै आहार प्राप्त हुने हुनाले जँगली जनावरहरुकाे बस्ती प्रवेश हुन गै उत्पन्न हुन सक्ने जाेखिम कम गर्न सकिनेछ।

Open photo

जँगल भित्र घाँसे मैदान तथा ताल निर्माण हुँदा एकातिर वनस्पति खाएर बाच्ने जनावरको वृद्धि हुनेछ भने अर्काेतिर साना जीव जनावर आहारकाे रुपमा खाने जनावरहरु लागि समेत आहारा खाेजीकाे बाताबरण बन्ने भएकाेले सिङ्गो ईकाेसिस्टममै सकरात्मक प्रभाव पर्ने समेत देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0