
२०८०बैशाख २७
उपत्यका /आफ्नाे जन्मभूमि छाेडेर शरणार्थी जिन्दगी बिताउन नेपाल छिरेका भुटानीलाई तेश्राे देश पठाउने माध्यमकाे छिद्रबाट छिर्दै माैजुदा परिस्थितिकाे उपयोग गरेर रकम असुलीमा लागेकाे भन्ने प्रेषित समाचारलाई नेपाली जनले चासोका साथ हेरिरहेका छन् भन्ने बिषयलाई नजरअन्दाज गरेर बिषयान्तर गर्ने काेशियमा काेहि पनि लाग्ने काेशिस मात्रै पनि उसका लागि फलदायी हुनेवाला छैन।
परिस्थितिका खेलाडी देखाएर रकम दिएकै भरमा अमेरिकन हुन उद्दत जमात र यहि माैका हाे लुटमा सामेल हाे भन्ने पात्रहरु दुवै देशका कपुत त हुदैहुन् त्याे भन्दा पनि पावरकाे भरमा विधि र प्रकृया प्रति नै गाेमटाेल गराउने पात्र त झन् अपराधी हाेईन भन्ने कसैकाे पनि आँट चल्दैन।
जब अनुसन्धानबाट राष्टसँघीय मिसनलाई प्राप्त लगत नै शँकाकाे घेरामा रहनु र प्रतिवेदनकाे अनुसुचीमा नै विनाहस्ताक्षरकाे कागजात तयार पार्ने र पेश गर्ने गरिन्छ तब प्रस्टै हुनेनै भयाे नियतमा खाेट छ।
जिम्मेवार मान्छेहरुकाे कल रेकर्डिङ समेतका पात्रहरुकाे बजारमा परिचय पाेखिन थालेपछि नेपालमा भ्रष्टाचारको जालाे कहाँसम्म फिजिएकाे छ प्रष्ट देखिन्छ। ठुला ठुला काण्डमा मुछिएका र माैजुदा कानुन र जनताकाे अदालतले छिनोफानो लगाउने गाेरेटाे पैल्याईनसकेका नेपाली जनताले पछिल्लो अति सम्वेदनशील बिषय भुटानी शरणार्थी प्रकरणलाई कसरी र कुन बाटाेबाट कानुन उपचार र जनअदालती न्यायकाे कठघरामा उव्याउने भन्ने माैकाकाे पर्खाइमा रहेकाछन्।
कुल मान्यता शरणार्थी काे लगत हेर्दा नै ३ हजार ५ सय भन्दा बढिकाे फरक देखिनु, यूएनएचसीआरकाे पहिलो गणना सन् २००६-७ र अन्तिम गणना मार्च २०१९ मा झापा तथा माेरङ शिविरमा बसेका शरणार्थीहरु र बिच बिचमा थपाईएका र छुटेकाे भनी उल्लेख गरिएका नक्कली शरणार्थी बनाउन शत्ता , शक्ति र पहुँच काे दाेहनमा सक्रिय जाे सुकैकाे पनि कानुन उपचार हाेस् भन्ने चाहनाले उग्ररुप लिन नपाउन राज्यले समय समय साे विषयमा राज्यतहबाट भैरहेका खाेज अनुसन्धानका प्रक्रिया र उपलब्धिका बारेमा जानकारी गराईरहनु पर्ने छ।
हाल राज्य सन्चालनका लागि जनअनुमाेदित प्रतिनिधि समेत सचेत भएर पुराना पात्र र प्रवृत्तिकाे चियाे र चासाेका साथ पर्ख र हेरमा रहेकाे आजकाे अवस्थामा भुटानी शरणार्थी प्रकरण माैजुदा नेता र नेतृत्वका लागि अग्निपरिक्षा सावितहुने देखिदैछ ।
