२०८०बैशाख २६

चितवन/ स्ववियु निर्वाचनका क्रममा प्रशासनले एकतर्फी र मनाेमानी गरेकाे भन्दै नेविसंघले गत चैत्र २३ गते लगाएकाे खैरहनी स्थित रामपुर कृषि क्याम्पसकाे १ महिना पछि ताला फुटाईएकाे छ।

पठनपाठनमा तथा परीक्षा सन्चालनमा समेत कठिनाई परेकाे भन्दै क्याम्पस प्रशासनकाे अनुरोधमा जिल्ला प्रशासन कार्यालयकाे निर्देशन पछि प्रहरीले हिजाे दिउँसो उक्त ताला फुटाएकाे हाे।

Open photo

ताला खुलेसँगै क्याम्पसका दैनिक गतिविधि सन्चालनमा सहजता हुने क्याम्पस प्रशासनले जनाएको छ। साे क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियुका उम्मेदवारले सभापतिमा जितेका थिए ।

Open photo

Open photo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0