Open photo

२०८०बैशाख २८

कृष्ण खनाल/नेपाली काङ्ग्रेसले गणेशमान सिंहलाई आन्दोलनको नेता बनाएसँगै माले र माक्र्सवादीले पनि सहाना प्रधानकाे अगुवाइमा २०४५/०४६काे आन्दोलनका लागि राजतन्त्रको विरुद्ध प्रजातन्त्र प्राप्तिका लागि माेर्चावन्दी शुरुगर्याे – २०४५मा ।ठिक त्यति नै बेला” सँयुक्त राष्ट्रिय जनआन्दोलन समिति “काे नामबाट माेहन बैध, बाबुराम भट्टराई , निर्मल लामा ,प्रचण्ड ,सहितका नेताले माेर्चा बन्दी गरेका थिए । नारायणकाजी श्रेष्ठ पनि एउटा पार्टीकाे प्रतिनिधि भएर सामेल थिए । साेहि माेर्चा नै नेकपा ( एकता केन्द्र ) र बैधानिक माेर्चा सँयुक्त जनमाेर्चा बनेकाे थियाे । जब एकता केन्द्रले शस्त्र जनआन्दोलनको तयारीमा जुट्याे नारायणकाजी भने उक्त कठिन यात्रा भन्दा सहज यात्राकाे बाटाेबाट राजनीति गर्ने दाउमा रहे र अलगै पार्टी खडा गरे

Open photo

शशस्त्र जनआन्दोलन र दीर्घकालीन जनयुद्ध देश र जनताको हितमा नरहेको भन्दै प्रचण्डकाे नेतृत्वको जनयुद्धलाई दुत्कार्दै सरल र शुरक्षित राजनीति बाटाे समातेका नारायणकाजी श्रेष्ठसँ १० बर्षे जनविद्रोहसँग कुनै साईनाे रह्याे न त कुनै लेना न देना । बस् उनी राजनीतिकाे डुङ्गामा शुरक्षित यात्रामा सयर गरिरहे। १० बर्षे युद्धले के दियाे र के पायाे देश र दुनियाँले त्याे बेग्लै बहसको पाटाे हाेला तर गणतन्त्र , धर्म निरपेक्षता र सँघियता प्राप्तिमा १० बर्षकाे ठुलै लगानी भने परेकै छ। पार्टीकाे शान्तिपूर्ण अवतरण भयाे जाेखिमकाे हिसाबले पनि नेताहरु हलुङ्गिय।

Open photo

पहिलाे सम्बिधान सभाकाे चुनावबाट जब राज्यसत्ताको मियाेकाे मैदान तयारहुने बाताबरण बन्नथाग्याे तब नारायणकाजी पून: पार्टीलाई एकतामा रुपान्तरण गर्दै शुरक्षित यात्रामा सामेल भए । गणतन्त्र प्राप्तिकाे लडाइँमा सुरक्षित जिन्दगी बिताएका नारायणकाजी उपप्रधानमन्त्री मन्त्री मात्र भएनन् परराष्ट्रमन्त्री समेत बने।

Open photo

सारमा उनकाे राजनीतिले शुखैकाे स्वास फेर्ने अवसर मिल्याे। १५/ १८ बर्ष भित्र उनकाे याेगदानले राष्ट्रले के पायाे अध्ययनकाे बिषय हुन पनि सक्ला तर काङ्ग्रेसकाे सहाराले चुनावमा हाेमिएर एमालेकाे सहाराबाट राज्यशत्ताकाे धुरी चड्दै पूनः काङ्ग्रेसकै जगमा धुरी ठडाएका प्रचण्ड ,उनकाे पार्टी र सरकारकाे उपप्रधानमन्त्री मात्रै नभएर गृहमन्त्रालय समाल्नपुगेका नारायणकाजी श्रेष्ठ भुटानी शरणार्थी प्रकरणमा गृहसचिव समालेका टेकनारायण पाण्डे हुँदै तात्कालिक गृहमन्त्री बालकृष्ण खाँडलाई हिरासत पुर्याउने र एमालेकाे कित्तामा सचिव बनेर उभिएका हिजाे आफ्नै पार्टीका सहकर्मी पूर्व मन्त्री टाेपबहादुर रायमाझीलाई हरार नभए हिरासतबाट परिस्थितिकाे सामना गर्नुपर्ने हालतमा पुर्याउने परिस्थितिकाे प्रहरी मार्फत नेतृत्व लिने जुन अवसर प्राप्त गरे यसै अवसरले उनी शुरक्षित राजनीति यात्रा र भ्रष्टाचारकाे जालाे च्यात्न र जनताकाे चाहना अनुसार भ्रष्टाचार र भ्रष्टाचारीकाे सर्वस्वसहित जेल चलेकाे हेर्ने चाहनालाई थप सफलतामा पुर्याउने कार्यकाे नेतृत्व लिने कार्यमा पुग्ने परिस्थितिले पनि राजनीतिमा जस पाउने नेताकाे रुपमा चिनिने भएका छन् नारायणकाजी श्रेष्ठ।

Open photo

जस माैजुदा सरकारमा भन्दा पनि नेपाल प्रहरी र गृह समालिरहेका नारायणकाजी तर्फ साेजिदै जाँदा नारायणकाजीले जिन्दगी उत्तरार्धमा प्राप्त गरेकाे याे राष्ट्र बचाउन अभियानमा कानुनको बाटाे हुँदै सम्पूर्ण भ्रष्टाचारीलाई निर्मम दण्डदिने जिम्मेवारीबाट नचुक्न जनदबाब छदैछ। यहि अवसरकाे दृढतापूर्वक कार्यान्वयनबाट नै नारायणकाजी राजनैनिक निष्ठा र सफल राजनैतिक सफल जिन्दगीको कालजयी पहिचान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0