२०८१ बैशाख २२, शनिबार

प्रकाशबाबु खनाल

रत्ननगर, चितवन । रत्ननगरमा महिलाका लागि पन्चे बाजा र थारु नाच सम्बन्धि तालिम शुरु भएकाे छ ।

संस्कृतिलाई पर्यटनसंग जोड्दै स्वराेजगारीका माध्यमबाट आय आर्जनमा टेवा पुर्याउने उद्देश्यले तालिमकाे आयाेजना गरिएकाे हाे ।

शनिबारदेखि  छुट्टा छुट्टै दुई स्थानमाबाट तालिम सुरु भएको छ ।

मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिले महिलाहरुका लागि पञ्चेबाजा र थारु ठेकरा नृत्य तालिम सुरु गरेको हो।  टिकौली मध्यवर्ती सामुदायिक वनको सेवा क्षेत्र भित्र बसाेवास गरेका २० जना महिलाहरुलाई  तालिमकाेआयाेजना गरिएको भने जनकौली मध्यवर्ती सामुदायिक वन अन्तर्गतका २५ जना थारु महिलाहरुका लागि थारु नृत्य तालिम सुरु गरिएको मृगकुञ्जका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिए ।

एक महिनासम्म दिईने पञ्चेबाजा तालिमको प्रशिक्षण रोशन बर्देवारले गर्नेछन् भने थारु नृत्य तालिमको प्रशिक्षकमा दुखवा महतो रहेका छन् ।

प्रशिक्षण उद्घाटन कार्यक्रमका प्रमुख अतिथि चितवन निकुञ्ज सौराहा सेक्टर प्रमुख शान्ताबहादुर मगरले महिलाहरुलाई वनप्रतिको निर्भरता घटाउदै संरक्षणमा क्रियाशिल बनाउने उद्देश्यले मध्यवर्ती स्तरमा सुरु भएको दुई सीप मुलक तालिम उदाहरणीय रहेको बताए ।

संस्कृतिलाई पर्यटनसंग जोडेर जीविकोपार्जन आधार तयार गर्न सुरु गरेको तालिमले स्थानीयको जीवन स्तर उकास्ने उनको विश्वास छ ।

मृगकुञ्जका अध्यक्षले कृषि,कला र संस्कृतिलाई सौराहाको पर्यटनसंग जोडेर आयआर्जन आधारशीला तयार गर्ने योजना अनुसार काम गरिएको बताए ।

स्थानीयको जीविकोपार्जनको सुनिश्चितता नभएसम्म उनीहरुलाई संरक्षणमा क्रियाशील बनाउन मुस्किल रहेको भन्दै उनले एकपछि अर्को गर्दै समुदायलाई शीपमूलक तालिम दिँदै आएको बताए । कार्यक्रममा बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामाङ, जनकौली मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जोगेन्द्र महतो, टिकौली वनका सदस्य रामलाल चौधरी लगायतले मन्तव्य राखेका थिए ।

मृगकुञ्जका सचिव ओमप्रसाद रिजालले सञ्चालन गरेको कार्यक्रममा कार्यसमिति सदस्य बुद्धिमान विकले स्वागत मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0