२०८१ बैशाख २२, शनिबार

कृष्ण खनाल, चितवन

नेपाली जनतालाई भाेक र शाेक रहित नागरिक हुने रहर भएपनि नेतालाई भने जसरी पनि र जेसुकै भएपनि आफू द्वारा शासित जनता देख्ने रहर जागिरहेकै कारण देश खाेक्रिदै छ। ।

सँविधानले नै एउटा पार्टीले बहुमत ल्याउन नसकिने र अर्काेसँग मिल्न अनिवार्य व्यवस्थाकाे कल्पना गरेपछि नेताकाे आधाभन्दा बढी समय आफ्नो भन्दा अर्काकाे पार्टी पट्याउन समय खर्चिनु स्वभाविकै हाे ।

आजपनि सबै पार्टीका नेतृत्वहरु आधाभन्दा बढि दिन अर्कैकाे बखान र विराेधमा समय खर्चिने गरेकाे पाईन्छ । सरकार परिवर्तनमा सामेल भैरहनु नेताका लागि दैनिकी कर्म भएपनि जनताका लागि भने उत्ताउलो परिवेश सरह हाे ।

राजनीतिका धुरी खावाहरु भित्रभित्रै उत्ताउलो काममा हाैसिएकै छन् । उसरी उत्ताउलिनु नेताका लागि कानुनी अधिकार हाे ।

देख्दा छु मन्तरमै सत्ता ढलेकाे र नयाँ बनेकाे देखिएपनि खिचडी भने पहिल्यै देखि पाकिरहेकाे हुन्छ ।

——————————— खिचडी  पाक्दैछ  – भित्रभित्रै —————————

माैजुदा सम्विधानले १३८ सभासद हुने वा पुर्याउनेले देशकाे प्रधानमन्त्री हुनसक्ने व्यवस्था गरेकाे छ ।

पुप्षकमल दाहालले विश्वासकाे मत पाउँदा अलिक बढी मत पाएका हुन् । यसलाई ताेढ्ने कामका लागि काङ्ग्रेस सभापति देउवा आफ्ना विश्वासपात्र छाेडी सकेका छन् । श्राेत भन्छ – पात्रहरु काेही माधवकुमार नेपालसँग त काेही उपेन्द्र  समिपमा छन्

माैजुदा गठवन्धन सरकार ढाल्नमा चित्रबहादुर केसीको ` ग्रीन सिग्नल´ छ।

हालकाे सम्सदकाे अवस्था हेर्नेहाे भने नेपाली काङ्ग्रेसको ८८ सिट छ भने राप्रपा -१४, जसपा- १२, नेकपा ,एस-१०,जनता समाजवादी – ६ सिटमा छ भने लाे लाेसपा र नाउपाकाे ४-४ सिट छ भने जनमाेर्चाकाे १ सिट रहेकाे छ। जनमाेर्चा बाहेकै १३८ सिट रहेकाे अवस्थामा कसरी माैजुदा सरकारकाे विरुद्ध एकहुने भन्ने बाटाे अझै नपहिल्याए पनि नजिक – नजिक पुगिसकेको श्राेतकाे दावि छ ।

नेपाली काङ्ग्रेस भने सके एमाले , माओवादी बेगरकाे सत्ता हेर्न चाहन्छ नसके माओवादीलाई गलत्याउनसके प्रधानमन्त्री ओली नै हाेस् भन्ने दाउमा छ ।  आउने ८४ काे निर्वाचन भने आफ्नै नेतृत्वमा गराउन चाहन्छ उ ।

माधव नेपाल पनि सकेसम्म एमाले बाहेककेा सरकार बने आफू सुरक्षित र आनन्दित महसुस हुने शुरमा छ र निरन्तर छलफलकाे हातमा छ ।

नेपाली काङ्ग्रेस अब धर्मकाे फेराे समातेर राजनीतिकाे मियाेमा पुग्ने याेजनामा छ ।

माओवादी केन्द्रका अध्यक्ष तथा माैजुदा प्रधानमन्त्री पुष्पकमल दाहाल भने आफ्नाे राजनीतिकाे यात्रा भरतपुरकाे मेयर समेत रहेकी छाेरी रेणु दाहाललाई आउने दिनमा चितवन -अझ ३ नम्बर क्षेत्रबाट स्थापित गराउँदै राष्ट्रिय राजनीतिकाे केन्द्रीय प्रवाहमा पुर्याउने बाताबरणकाे सुनिश्चितता देख्न चाहन्छन् । त्यसका लागि उनी आउनेदिनमा भरतपुरकाे मेयर एमालेकाे पाेल्टाेमा फालेर भएपनि  छाेरी रेणु दाहालकाे केन्द्रीय राजनीति यात्रा भरतपुर ३ नम्बर क्षेत्रकाे बाटाे समात्ने याेजनामा देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0