२०८० चैत्र ५, साेमबार चितवन । चितवनका आदिवासी जनजातिका भेषभूषा , कला,सँस्कृति सँरक्षण गर्नुका साथै पहिचान समेत स्थापना गर्ने उद्देश्यले चैत्र ९ गतेबाट ` प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापार महाेत्सव-२०८०´ सञ्चालन हुने भएकाे छ।

आदिवासी जनजाति महासँघ चितवनकाे आयाेजनामा नारायणी नदि किनार , प्रदर्शनी मैदानमा चैत्र १८ गतेसम्म सञ्चालन हुने महाेत्सवकाे प्रचारप्रसार तथा प्रदर्शनी क्षेत्रमा आ- आफ्ना जनजाति समुदायकाे पहिचान झल्कने नमुना आवास तथा सँस्कृति झल्कने सजावटका कार्यहरु तिव्रगतिमा भैरहेकाे महाेत्सवका सँयाेजक तथा महासँघका जिल्ला अध्यक्ष महेन्द्र दुराले बताउनुभयो ।

` महाेत्सवमा चितवनमा वसाेवास गर्ने विभिन्न जनजातिका सँघसँस्थाहरुकाे आ- आफ्नै पहिचान झल्कने प्रकारले महाेत्सव स्थलमा नमुना भवनहरु बनिरहेका छन् भने कार्यक्रमकाे अैापचारिक उद्घाटनका अजसरमा उपस्थित हुनुहुन जिल्ला भित्रका सँपूर्ण स्थानीय निकाय , प्रदेश र केन्द्रका निर्वाचित जनप्रतिनिधिहरु देखि स्थानीय सँघसँस्था , कार्यालयका प्रतिनिधि का साथै सरकारी कार्यालयका प्रतिनिधिहरुलाई निमन्त्रणा पठाउने काम भैरहेकाे छ भने सास्कृतिक प्रस्तुतिका लागि कलाकारलाई आमन्त्रण गर्ने कार्यमा व्यस्त छाैँ´ सँयाेजक दुराले बताउनुभयो ।

` प्रधानमन्त्री ज्यूलाई नै प्रमुख अतिथिको रुपमा ल्याउन पहल गरिरहेका छाैँ । काठमाडौं गएर भेटर पनि आएका हाैँ , सकरात्मक आश्वासन पाएका छाैँ ´ सँयाेजक दूराले बताउनुभयो ।

के के हुनेवाला छ त महाेत्सवमा

—————————————-

मुख्यकुरा त याे महाेत्सव आदिवासी जनजाति हरुकाे` पहिचान सहितकाे एकता प्रदर्शन र सँस्कृतिकाे रक्षा´ गर्नु महाेत्सवकाे मूल उद्देश्य रहने छ ।

महाेत्सव उद्घाटन हुनुभन्दा पहिले विभिन्न जातजाति समुदायहरु आ- आफ्नाे जातिय सभ्यता र सँस्कृति झल्काउने पहिरन र व्यवहार प्रस्तुत गर्न नारायणगढ स्थित क्याम्पाचाैरमा भेला हुनेछन्।

भेला -यालीमा परिणत भै सास्कृतिक बाजागाजा सहित मुख्य शहरहुँदै नारायणी नदि किनार प्रदर्शनी मैदानमा प्रवेश गर्नेछन् । -यालीमा आदिवासी जनजाति महासँघ चितवनमा आवद्ध भएका १७ वटै जनजातिका नेतृत्वले आ- आफ्ना व्यानर र झाँकीकाे नेतृत्व गर्नेछन् ।

चितवनमा ४०भन्दा बढि जनजातिको बसाइँ रहेपनि हाल १७ जनजाति मात्रै महासँघमा आवद्द छन् । प्रदर्शनी क्षेत्र भित्र भने विभिन्न जातजातिका माैलिक सँस्कृति र सभ्यता झल्कने नमुना घर र घर भित्रका सभ्यता झल्काउने प्रस्तुति रहने छ । व्यापार महाेत्सव समेत रहेकाले स्थानीय उत्पादन तथा व्यापारीक सामग्रीको विक्री र परिकारहरु महाेत्सवमा उपलब्ध हुनेछन् । महाेत्सव सम्पन्न गर्न स्थानीय , प्रदेश र केन्द्रीय सरकारकाे सहयाेय रहेकाे र महाेत्सवमा स्थानीय , प्रदेश तथा केन्द्रीय जनप्रतिनिधि तथा सँघसँस्थाकाे उपस्थिति रहने छ । आम सर्वसाधारणको बाक्लाे उपस्थिति रहने विश्वास आयाेजककाे रहेकाे छ ।

महाेत्सव अवधिभर राष्ट्रिय कलाकार का साथमा स्थानीय कलाकार द्वारा विभिन्न सास्कृतिक प्रस्तुति रहने छ ।

भरतपुर महानगरपालिकाले भने याे बर्षलाई `भरतपुर भ्रमण वर्ष´ घाेषणा गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0